कोरोना त्रासका कारण ड्युटी छाड्ने चिकित्सकलाई बर्खास्त गरिने

एजेन्सी : विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासबाट चिकित्सक नै आ तंकित भएका छन्। भारतको उत्तर प्रदेशमा विभिन्न अस्पतालबाट करिब ७ सय चिकित्सक बेपत्ता भएको समाचार भारतीय मिडियाले प्रकाशन गरेको छ।

उपचार गर्न छोडेर अस्पतालबाट भाग्ने चिकित्सक विरुद्ध कडा कारवाही हुने जनाइएको छ। मुलुकमा कोरोना भाइरस संक्रमण बढिरहेको समयमा उपचारमा खटिनुपर्ने चिकित्सक नै हराएपछि चिकित्सक विभागले ला प र वाही गरेको भन्दै त्यहाँको सरकारले आपत्ति जनाएको छ।

समाचारमा जनाइए अनुसार उत्तर प्रदेशका धेरै जिल्लामा ड्युटीमा रहेका धेरै चिकित्सकले जानकारी बिना नै काम छोडेका छन्। कोरोना भाइरसको ड्यूटीमा रहेका चिकित्सकमाथि नि गरानी गर्दा युपीका धेरै जिल्लाका स्वास्थ्य केन्द्रमा करिब ७ सय चिकित्सक ड्युटी बाहिर रहेको पुष्टि भएको हो।

निर्देशनालयले जानकारीबारे सोधीखोजी गर्दा उनीहरु जानकारी बिना नै अस्पताल छोडेको पाइएको हो। सरकारले त्यस्ता चिकित्सकको बर्खास्त प्रक्रिया सुरू गरेको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार हराइरहेका चिकित्सकलाई अर्को एक महिनाभित्र बर्खास्त गरिनेछ।

प्राप्त जानकारी अनुसार चिकित्सकले या त अन्य ठाउँमा काम गर्न थालेका छन् वा उनीहरू कोरोनाको त्रा समा काम गर्न नसकेको हो। स्वास्थ्य मन्त्री जयप्रताप सिंहले भने अब यी हराइरहेका डाक्टर विरुद्ध कडा कारबाही गर्ने निर्णय गरेका छन्।

 

यो पनि पढ्नुहोस्

मास्कपछि प्रहरीको ध्यान स्यानिटाइजर कालोबजारीतिर

३ चैत, काठमाडौं । चर्को मूल्यमा बिक्री गर्न खोजिएको १० लाख ८ हजार वटा मास्क बरामद गरेपछि प्रहरीले स्यानिटाइजरतिर ध्यान दिन थालेको छ ।

विश्वभरि कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला मा स्कको का लोबजारी भइरहेको सूचनाको आधारमा प्रहरीले ठूलो परिणाममा मास्क बरामद गरेको थियो । मास्कपछि स्यानिटाइजर पनि च र्को मूल्यमा बेच्न खोजिएको आशंकामा प्रहरीले नि गरानी बढाएको स्रोतको भनाइ छ ।

कोरोनाको माहामारीले विश्व आक्रान्त बनिरहेको मौका छोपोर चर्को मूल्यमा कुनै पनि सामान बिक्री गरेको पाइए प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

‘यदी कसैले आवश्यकताबाट भन्दा बढी रकम लिइरहेको छ भने नजिकैको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० मा फोन गर्नुहुन अनुरोध छ’, काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले भने, ‘सूचना प्राप्त भएको ५ मिनेटभित्रमा प्रहरी आइपुग्छ ।’

३ रुपैयाँमा खरिद, ३१ मा बिक्रीमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार शनिबार र आइतबार चलाइएको अपरेशनका क्रममा प क्राउ परेको गि रोहले ३ रुपैयाँ २५ पैसामा मास्क खरिद गरेर ३१ रुपैयाँमा बिक्री गर्न खोजेका थिए ।

‘यो होलसेल मूल्य रहेछ । बजारमा बिक्री हुने बेला छुट्टै कर र नाफा जोडिने रहेछ’, राठौरले भने, ‘कपनको मिलनचोकबाट १ लाख ६८ हजार थान मास्क बरामद गरेपछि सतुंगलमा भण्डारण गरी राखेको थप मास्क फेला परेको थियो ।’

राठौरका अनुसार बरामद सामग्री आरडीजी इन्टरनेश्नल नामक कम्पनीले काठमाडौं भित्र्याएको थियो । प्रारम्भिक सोधपुछमा उनीहरुले चीनबाट ती सामग्री भित्र्याएको भनेका छन् । यद्यपि, कहिले भित्र्याइएको हो भन्ने खुलिसकेको छैन ।

प्रहरी आरडीजीका सञ्चालक २४ वर्षीय सुरज गोयल र भारत राजस्थान घर भइ बागबजार बस्दै आएका सुवास महेश्वरीलाई प क्राउ गरेको छ । त्यस्तै, सहयोगी ओखलढुंगाका टेकराम श्रेष्ठ, बाराका सञ्जय रेग्मी र चितवनका अजिम बक्स मिया पनि समातिएका छन् ।

उनीहरुमाथि थप अ नुसन्धान भइरहेको बोगटी बताउँछन् । गोदामबाट मा स्क ओसार्न प्रयोग भएको बा ७ च ७२६३ नम्बरको गाडी पनि बरामद भएको छ ।

पक्राउ परेका व्यक्तिहरुविरुद्ध कालोबजारी तथा सामाजिक हित विरुद्धको अ पराध ऐन २०३२ अनुसार म्याद थप हुनेछ । जसअनुसार कृत्रिम अभाव सिर्जना गरेको अ भियोग प्रमाणित भए एक वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म ज रिवाना वा दुवै सजायँ हुनसक्ने व्यवस्था छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 16, 2020