अमेरिकन आइडलमा दिवेश पोखरेलले गाउँदा तीनैजना जजले उभिएर भने, ‘वान्स मोर’ (भिडियो)

काठमाडौं – अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा दिएको प्रस्तुतीमा तीनै जना जज निकै प्र भावित भएका छन् ।

स्टेज नाम अर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गा उँदा नि र्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई निरन्तरता दिन आग्रह गरे ।

सुरुमा केटी पेरीले उठेर ‘मोर…’ भनेर चिच्याइन् । त्यसपछि तीनैजना जज उठेर ‘मोर…’ भन्न थाले । दिवेशले नि र्णायक मण्डलको चाहना अनुरुप फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।

आफ्नो प्रस्तुती अघि दिवेश अ भिवादन स्वरुप ‘नमस्ते’ भने । दर्शकदीर्घामा रहेकी उनकी दिदी रुपाले नमस्ते भनेर चि च्याउँदा तीनैजना नि र्णायकले खुसी भएर उनलाई पु लुक्क हेरे ।

दिवेशले आफ्नो प्रस्तुती निरन्तरता दिँदा नि र्णायक मण्डलमा रहेका तीनैजना उभिएर ताली बजाउँदै उनको तालमा ताल मिलाए । जज ल्यूक ब्रायनले त दिवेश सँगै गाए पनि । उनको प्रस्तुतीका बेला दर्शक पनि निकै उ त्साहित देखिन्थे ।

प्रस्तुती पछि दिवेशले त्यसलाई निकै राम्रो अनुभव बताए । ‘मैले आफूलाई निर्णायक मण्डल र दर्शकसँग पूर्ण रुपमा जोडिएको महसुस गरेँ । निर्णायकहरु उभिनु भएको थियो र मसँगै गाउँदै रमाइरहनुएको थियो । यो निकै अद्भूत क्षण हो’ दिवेशले भने ।

भिडियो –

 

अमेरिकामा मानिसमाथि कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण शुरु

अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खो पको पहिलो परीक्षण शुरु भएको छ । ए सोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्या सिलिटीमा चार जना वि रामीलाई उक्त खोप दिइएको हो ।

खोपमा कोरोनभाइरस को सं क्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको हो । यसले कोभिड–१९ रोग भने लाग्दैन ।

यद्यपि, यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् ।

यो खोप पहिलोपटक सोमबार सियाटलकी ४३ वर्षीया महिलाले लिएकी थिइन् । ‘केही गर्नका लागि मेरो लागि यो सुनौलो अवसर थियो,’ जेनिफर हेलरले एपीसँग कुरा गर्दै भनिन् । विश्वभरका वै ज्ञानिकहरु चाँडोभन्दा चाँडो को रोना भा इरसको खो प तयार गर्न लागि रहेका छन् ।

यसअघि, दादुराजस्ता रोगको खोप तिनकै कमजोर वा मृत्त भइरसबाट बनाउने गरिन्थ्यो । तर, एमआरएनए खोप भने कोभिड–१९ गराउने भाइरसबाट नभएर उक्त भाइरसको जे नेटिक कोड कपी गरेर वै ज्ञानिकहरुले बनाएका हुन् । यसले मानिसको शरीरामा प्र तिरोध क्षमता बढाएर कोरोना भाइरससँग ल ड्न मद्दत गर्ने आशा गरिएको छ ।

यसमा स्वयम्सेवकहरुलाई प्र योगात्मक खोपका विभिन्न डोजहरु दिइएको छ । उनीहरुलाई २८ दिनको फरकमा दुई–दुई पटक खोप दिइनेछ ।
यदी सुरुवाती परीक्षण सफल भए पनि खोपलाई साधारण व्यक्तिलाई दिनका लागि त यार हुन १८ महिनासम्म लाग्ने बताइएको छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 17, 2020
Loading...