67 वर्षको उमेरमा भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन

साउन २२, काठमान्डु : भारतीय पूर्व विदेश मन्त्री सुस्मा स्वराजको मंगलबार दिउँसो नयाँ दिल्लीमा हार्ट अट्याकका कारण निधन भएको भारतीय संचार माध्यमहरुले जनाएको छ । स्वराज सन २०१४ मा भारतको विदेश मामिला मन्त्रीको रूपमा नियुक्त भएका थिए।

भारतीय जनता पार्टीको सबैभन्दा प्रमुख महिला भएपनी स्वराजले स्वास्थ्य कारणले भर्खरै सम्पन्न लोकसभाको चुनावमा भाग लिईनन । चुनावमा भाजपाले बहुमत प्राप्त गरेको थियो । नेपालले भने सुस्मा स्वराजकै कार्यकालमा नाकाबन्दी खेप्नुपरेको थियो । उनी 67 वर्षकी थिइन।

 

प्रकाशित मिति August 6, 2019
Loading...