काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पर्याप्त सावधानी र व्यवस्थापनमा एसईई हुन लागेको बताएका छन्। बिहीबारदेखि देशभर हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै उनले अभिभावकलाई भने परीक्षा केन्द्रमा भिडभाड नगरिदिन आग्रह गरेका छन्।
‘म परीक्षा केन्द्र परिसरमा अनावश्यक रुपममा जम्मा भएर भिडभाड नगर्नुहुन सबै अभिभावक र परीक्षा केन्द्र आसपासमा रहेका स्थानीय जनसमुदायलाई अनुरोध गर्दछु’, शिक्षामन्त्री पोखरेलले भनेका छन्, ‘परीक्षामा समावेश समावेश हुने सबै विद्यार्थी भाइबहिनीलाई केन्द्राध्यक्ष र हेल्थ डेस्कमा कार्यरत व्यक्तिले दिएका नि र्देशनलाई पालना गरिदिनुहोला।’
तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।
प्रकाशित मिति March 17, 2020