पाथिभरा माताको दर्शनगरि आजको राशिफल पढ्नुहोस्

बि.सं.२०७६, चैत ०५,बुधवार
इ.सं.18 March, 2020 शक संवत१९४१ नेपाल संवत ११४० चिल्लागा परिधावी उत्तरायण वसन्त बुधवार चैत्र कृष्णपक्ष तिथि ७:४३ बजे उप्रान्त दशमी नक्षत्र, पूर्वाषाढा, १६:४७ बजे उप्रान्त उत्तराषाढा योग, वरियान् , १५:३० बजे उप्रान्त परिघ करण गर ७:४३ बजेदेखि वणिज , १९:३७ बजे उप्रान्त वालव चन्द्रराशि धनु आनन्दादी योग श्रीवत्स दिनमान ३०।०३
सूर्योदय ६:१२ सूर्यास्त १८:१३

मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो,अ – शिक्षामा सफलता मिल्नेछ । महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शेयरको कारोवारमा सफलता मिल्नेछ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। काममा दोहोर्याएर प्रयत्न गर्दा मेहनतको फल प्राप्त हुनेछ। फाइदा नहुने काममा जुट्नुपरे पनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।


बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।हडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। फजुल खर्च भने बढ्न सक्छ।


सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्चपनि बढ्नेछ ।पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। तापनि मेहनतले अवसर दिलाउनेछ। कर्मको उचित प्रतिफल पाइने हुँदा राम्रै धन आर्जन हुनेछ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।ईर्ष्या गर्नेहरूले पनि सताउनेछन्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा समय दिन नसकिएला।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । दैनिक कार्यमा सफलता नै मिल्नेछ ।आफन्तको साथले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ हुनेछ। समय फुर्सदिलो रहनेछ।


मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । अचल सम्पत्तिको कारोवार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। तर पहिलेका कमजोरी बाहिर आउनाले काममा समस्या पर्न सक्छ। तापनि विभिन्न अवसरले पछ्याउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईंको आजको दिन शुभरहोस ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 18, 2020
Loading...