सिन्धुली जिल्ला अस्पतालमा आईसियु बेड निर्माण हुने

सम्झना श्रेष्ठ – चैत्र ५, सिन्धुली । सिन्धुली जिल्ला अस्पतालमा अव छिट्टै आईसियु बेड निर्माण हुने भएको छ । अव जिल्लामा आ ईसियु बेड निर्माण भएपछी आ ईसियु बेड नभएकै कारण बिरामीहरु अन्यत्र जानु पर्ने वाध्यता हट्ने भएको छ ।

सिन्धुली अस्पतालमा आ ईसियु बेड बनाउन प्रदेश सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको अस्पताल संचालक समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिनुभयो । प्रदेश सरकारले १ हप्ताभित्र तयार गर्न भन्दै उक्त रकम प्रदान गरेको उहाले बताउनु भयो । विट्स एफ एम सिन्धुलीको साप्ताहिक कार्यक्रम हाम्रो अभियान हाम्रै लागिमा बरुण लामिछाने सँग कुरा गर्दै अध्यक्ष पोखरेलले उक्त कुराको जानकारी दिनुभएको हो ।


अस्पताल संचालक समितिका अध्यक्ष पोखरेलले अव छिट्टै विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त औषधि भण्डारण कक्ष तयार पार्ने पनि बताउनुभयो । उहाँले अहिले औषधिको समस्या हुन नदिन आन्तरिक रकमबाट औषधि खरिद गर्ने गरेको बताउनुभयो । औषधि खरिदमा भने झन्झट बेहोर्नु परेको उहाँको भनाई छ । उहाँले सिन्धुली अस्पतालमा आउने बिरामीहरुलाई डाक्टर,नर्सले गर्ने व्यवहार देखि लिएर विरामीले पाउने सेवासुविधा, औषधि लगाएत सबै कुरामा व्यवस्थित गर्दै लगिएको जिकिर गर्नुभयो ।

यसैगरि आज बुधबारबाट ज्वरोका विरामीलाई छुट्टै राखेर उपचार गर्ने बताउनुभयो । अहिलेसम्म को रोनाका संकास्पद विरामीहरु सिन्धुली जिल्ला अस्पतालमा नआएको पनि जानकारी दिनुभयो  । अस्पतालमा विभिन्न विरामीहरु आउने भएकाले पनि ज्वरोको विरामीलाई छुट्टै राखेर उपचार गर्ने जिकिर गर्नुभयो ।


यसअघि गत चैत्र २ गते देखी अस्पताल प्रवेश गर्ने सबैले हात धोएर जानुपर्ने व्यवस्था गरिएको थियो ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 18, 2020
Loading...