कोरोना प्रभावित देशबाट शुक्रबारदेखि नेपाल आउन नपाईने

काठमाडौं, ०५ चैत : कोरोना भाइरस (कोभिड–१९) प्रभावित देशबाट आउने पर्यटकलाई नेपाल प्रवेशमा सरकारले रोक लगाउने भएको छ।

मार्च २० को मध्य रातीदेखि लागू हुने गरी अप्रिल १५ सम्म आवगमनमा रोक लगाउने निर्णय कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले निर्णय गरेको हो।

‘युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने’ समितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्य राती देखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्र तिबन्ध लगाउने।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कोरोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्नेलगायत विभिन्न १५ बुँदे निर्णय गरेको छ । बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराज मणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री राम बहादुर थापा, अर्थमन्त्री युवराज खतिवडालगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको थियो।


चीनको वु हानबाट डिसेम्बरदेखि फैलिएको कोरोना सं क्रमण अहिलेसम्म १५९ देशमा पुष्टि भइसकेको छ। यस्तै ७५ सय बढीले ज्यान गुमाइसकेका छन् भने करिब २ लाखमा सं क्रमण पुष्टि भइसकेको छ।

कोरोना रोक्ने सरकारका १५ कदम : विद्यालय र कलेज चैत मसान्तसम्म बन्द

काठमाडौं : विश्वभर कोरोना को त्रास फैलिदा त्यसको प्रभाव नेपालका समेत विभिन्न क्षेत्रमा परेको छ। कोरोना संक्रमण तथा रोकथामका निम्ति सरकारले विभिन्न कार्यक्रम सार्वजनिक गरिसकेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार १५ बुँदे निर्णय गरेको छ। सरकारले चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने भएको छ।

बैठकपछि सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुमा पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमले कारोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्नेलगायत विभिन्न १५ बुँदे निर्णय गरेको हो। समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापालगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको छ।

चीनको वुहानबाट फै लिएको कोरोना विश्वका १६३ देशमा फैलिएको र भारतमा समेत तीन जनाको मृ त्यु भइसकेको अवस्थामा नयाँ रणनीति बनाउने योजनासहित उच्चस्तरीय समितिको बैठक बसेको हो।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 18, 2020