सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेशनमा राखियो

सम्झना श्रेष्ठ, चैत्र ५, सिन्धुली । सिन्धुली अस्पतालमा आज एक जनालाई आ इसोलेशन वार्डमा राखिएको छ । सिन्धुलीका ८१ वर्षिय एकजना वृद्धलाई १०४ डिग्री ज्वरो देखिएपछि उहाँलाई आ इसोलेशन वार्डमा राखिएको अस्पतालले जनाएको छ ।

ज्वरो आएका ती वृद्धलाई कोरोनाको आशंका गरिएको छ । तर, उहाँको र्या’ल तथा र’गत परिक्षण गर्न काठमाडौँ पठाइने बारे छलफल भैरहेको समाचार प्राप्त भएको छ । तर, चिकित्सकहरुले भने नआँत्तीन आग्रह गरेका छन् । मौसम परिवर्तन भए संगै यस्ता लक्षण देखिने पनि चिकित्सकहरुले बताएका छन ।

प्रकाशित मिति March 18, 2020
Loading...