पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

बि.सं.२०७६ चैत ०६, बिहीवार । इ.सं. 19 March, 2020 शक संवत १९४१ नेपाल संवत ११४० चिल्लागा परिधावी उत्तरायण वसन्त बिहीवार चैत्र कृष्णपक्ष तिथि दशमी , ७:३९ बजे उप्रान्त एकादशी नक्षत्र उत्तराषाढा , १७:३३ बजे उप्रान्त श्रवण योग परिघ , १४:२७ बजे उप्रान्त शिव करण भद्रा ७:३९ बजेदेखि वव , १९:४९ बजे उप्रान्त तैतिल चन्द्रराशि मकर आनन्दादी योग सौम्य दिनमान ३०।०८
सूर्योदय ६:११ सूर्यास्त १८:१४

तपाईंको आजको राशिफल 

मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो,अ – धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।


मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँको काम पुरा हुनेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ मिल्ला । साथीभाइले पनि राम्रै सहयोग गर्नेछन् ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – नाक तथा घाँटीमा समस्या आउन सक्छ । साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको कामपनि विग्रिएला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । घरमा अतिथीको आगमन हुनेछ । संगीतमा रुचिपनि बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईंको आजको दिन शुभरहोस ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति March 19, 2020