फेसबुकमा पैसा खन्याउदै नबनियुक्त मन्त्री योगेश भट्टराई

साउन २३, काठमान्डु:
नेकपाका नेता तथा नेपाल सरकारका नबनियुक्त पर्यटन मन्त्री योगेश भट्टराईले आफ्नो फेसबुक पेजलाई बुस्ट गरिरहेकाछन यसको मतलब फेसबुकलाई पैसा तिरेर आफ्नो पेजको लाइक बढाउन बिज्ञापन गरिरहेका छन । यो चाँही कसरी थाहा हुन्छ भन्दा यदी तपाईंले लाइकै नगरेको फेसबुक पेजको पोस्ट तपाईंको वालमा आउछ र पेजको नाम मुनी स्पोन्सर्ड भनेर लेखिएको छ भने जान्नुस कि त्यो फेसबुक पेजले फेसबुकलाई पैसा तिरेर बिज्ञापन गरेको हो ।

धेरैले आशा गरेका नबनियुक्त मन्त्रीको यो रबैया देखेपछी उनको बिज्ञापन पोस्टमा धेरैले बिभिन्न खाले कमेन्ट गरेका छन ,यस्तै कमेन्टमा मदन बाबु पुरी लेख्छन – हार्दिक बधाई मन्त्री ज्यु, मन्त्री बन्ने बित्तिकै डलर खर्च गरेर बुस्ट गर्न छोड्दिनोस र आफ्नो कार्यकालमा देश र जनताको लागि उल्लेखनिय काम गर्नुहोस, तपाईंको फलोअर्श एत्तिकै बढ्नेछन । यसैगरी सन्तोष सिम्खडा लेख्छन – पैसा तिरेर आफ्नो खुब बिज्ञापन छ है ? यो पैसा हाम्रै त हो ! मोज गर मोज ।

सामाजिक सन्जालको उपयोग गर्दै आएका फेसबुक लगाएत अनलाइन मिडियामा एक्टिभ मन्त्री भट्टराईको यो पाराले प्रधानमन्त्री केपी ओलीकै लाइन लिने सङ्केत मिल्छ । उनले केही राम्रा काम त अबश्य गर्लान तर तहल्का भने बेपत्तै पिट्ने देखिन्छ । अनी अर्को कुरा उनको फोकस पनि प्रचारमुखी काममा नै हुने प्रस्ट बुझ्न सकिन्छ । यध्यपी उनको कार्यकाल भर्खरै सुरुवात भएको छ सफल असफल के हुन्छ त्यो त हेर्न बाँकी नै छ ।

उनलाई फेसबुकमा बुस्ट गरेर लाइक बढाउन किन पैसा फाल्नुपर्‍यो त्यो चाँही उनी आफै जानुन । राम्रो काम गरेत जनताले आँफैले खोज्ने नै थिए ।

– खबर२४दैनिक

प्रकाशित मिति August 7, 2019
Loading...