हरिहरपुरगढी, सिन्धुली । स्थानीय रुपमा नै मास्क बनाएर हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष झलककुमार माझीले वडावासीलाई वितरण गर्नुभएको छ । आफ्नै खर्चमा मास्क बनाएर घरघरै पुगेर वडा अध्यक्ष माझीले मास्क वितरण गर्नुभएको हो ।
वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार अध्यक्ष माझीले आफ्नै खर्चमा दुई लियर भएको मास्क उत्पादन गर्नुभएको थियो । उहाँले एक हजार ६७५ वटा मास्क वितरण गर्नुभएको जनाइएको छ । एक व्यक्ति एक मास्क अभियानअनुसार घरघरै पुगेर मास्क वितरण गरिएको अध्यक्ष माझीले जानकारी दिनुभयो ।
तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।
प्रकाशित मिति April 3, 2020