विदेशबाट फर्केकाहरु गाउँ डुल्दै, रामेछापका क्वारेन्टाइन खाली

२१ चैत, रामेछाप । रामेछापमा विदेशबाट फर्किएकाहरूले क्वारेन्टाइनमा बस्न आना’कानी गर्ने गरेका छन् । विदेशबाट आयात भएकाहरुलाई लक्षित गरिएकाहरु नै क्वारेन्टाइनमा नबसे पछि सबैजसो क्वारेन्टाइन खाली बनेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णका अनुसार, रामेछापमा दुई सय ६४ शैय्या क्वारेन्टाइन स्थापना गरिएकोमा त्यसमा जम्मा ८ जना मात्रै बसेका छन् ।

६८ जना भने होम क्वारेन्टाइनमा बसेका छन् । यद्यपि, यीमध्ये अधिकांशले होम क्वारेन्टाइनको नियम पालना नगरेको स्थानीयहरूले बताएका छन् । स्थानीयका अनुसार, अ*नुशासनपूर्वक क्वारेन्टाइनमा बस्नुपर्नेहरू गाउँ डुल्दै हिँडिरहेका छन् ।

विदेशबाट फर्किएकाहरू अ*नुशासनको दायरामा नबस्दा कोरोनाको जोखिम बढेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताए ।

देशभर लक डाउन घोषणा गरिए पनि जिल्ला बाहिरबाट मानिसहरू भित्रिने क्रं* म रोकिएको छैन । यी मध्ये कतिपय भारत लगायतका राष्ट्रबाट आएकाहरु रहेको बताइएको छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति April 3, 2020
Loading...