मरिण गाउँपालिका द्वारा कालोबजारी गर्ने पसलमा अनुगमन

चैत २३ । मरिण, सिन्धुली : सबैतिर लक डाउनको मौका छोपेर खाद्यान्न, तरकारी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक सामग्री कालोबजारी गर्नेलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

मरिण गाउँपालिका ५ स्थित बडिमुहानको एक पसलमा पनि खाना पकाउने एलपी हाफ सिलिन्डर ग्यास १००० रुपैयाँमा मुल्य वृद्धि गरि बेचिएको पाइएको छ ।

बजार मुल्य ७५० पर्ने ग्यासको मुल्य वृद्धि गरि उपभोक्ता ठगिएको  गुनासो पश्चात् मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, राजनैतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र प्रहरी सहितको टोलि र उद्योग वाणिज्य संघ मरिणको टोलिले अनुगमन गरेेेेको छ ।

अनुगमनको क्रममा ब्यापारीले ढुवानी भाडाका कारण मुल्य वृद्धि गरि बेच्नु परेको स्वीकार गरेका छन् । मरिण गाउँपालिका अध्यक्ष बम्जन सहितको  टोलिले अब आइन्दा ग्यास सहित  उपभोग्य बस्तुको वृद्धि नगरी उपभोक्तालाई बेच्न अनुगमन टोलिले ब्यापारीलाई सचेत गराएको मरिण गाउँपालिका ५ का वडा अध्यक्ष प्रचार सिङ बम्जनले जानकारी दिएका छन् ।

प्रकाशित मिति April 5, 2020
Loading...