आजको मन्त्रीपरिषद बैठकले लकडाउन समय थप्ने

चैत २४, काठमाडौं : कोरोना म हामारीको रोकथाम नियन्त्रण र यसका लागि गर्नुपर्ने थप तयारीबारे निर्णय गर्न मन्त्रि परिषद्को बैठक बस्ने तयारी भइरहेको छ । सोमबार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने नागरिक उड्यन तथा सँस्कृति पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

बैठकले कोरोना भाइरसको महामारी फैलन नदिन सरकारले दुई साता देखि घोषणा गरेको लकडाउनको अवधि एकसाता थप्ने तयारी गरेको जानकारी प्राप्त भएको छ।

कोरोना (को भिड १९) भाइरस सं*क्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउन एक साता थ प गर्ने निर्णय गरेको थियो।

सोही निर्णय सोमबरको मन्त्रिपरिषद् बैठकमा प्रस्तावका रुपमा पेस गर्ने तयारी भएको उच्चस्तरीय समिति निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति April 6, 2020
Loading...