सिन्धुलीमा भालुले आक्रमण गर्दा एकजना गम्भीर घाइते

सिन्धुली, २५ चैत । सिन्धुलीमा हिजो सोमवार विहान भालुले आ क्रमण गर्दा एक जना ग म्भिर घाईते भएका छन् ।

भालुको आ क्रमणबाट तिनपाटन गाँउपालिका वडा नं. ६ खावाका ४५ बर्षिया गंगा वहादुर कार्की घाईते भएका हुन् । घर नजिकैको खावा जंगलमा घाँस काट्नेक्रममा कार्कीलाई भालुले आ क्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

भालुको आ क्रमणबाट दाँया खुट्टा र बाँया हातको पन्जामा चोट लागेका कार्कीलाई सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि धुनषाको लालगढ तर्फ पठाइएको सिन्धुलीका प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो ।

प्रकाशित मिति April 7, 2020