ग्यास कालोबजारी : उद्योग वाणिज्य संघ मरिणले फिर्ता गरायो ग्राहकको पैसा

मरिण, सिन्धुली । मरिण गाउँपालिका वडा नं. ५ बडिमुहान स्थित साेभद्र किराना पसलले ग्राहक सङ बजार मुल्य भन्दा बढी लिइएको रकम ग्राहकलाईनै फिर्ता गरेका छन् ।

उक्त पसलले खाना पकाउने एलपी हाफ सिलिन्डर ग्यासको मुल्य वृद्धि गरि बेचिएको र उपभोक्ता ठगीएको गुनासो पश्चात् मरिण गाउँपालिका , प्रहरी, र जनप्रतिनिधि र उद्योग वाणिज्य संघ मरिणले प्रति हाफ सिलिन्डर ग्यासको रु १००० एक हजार लिएर बेचेको अनुगमनको क्रममा भेटिएको थियो ।

जसको बजार मुल्य ७५० रुपैयाँ पर्न आउछ । ढुवानी भाडाका कारण मुल्य वृद्धि गरि बेच्नु परेको सोभद्रा किराना पसलका प्रोपाइटर सेते थिङ स्वीकार गरेका छन् ।

उद्योग वाणिज्य संघ मरिण शाखाले मरिण गाउँपालिकाको रोहवरमा ग्राहक बाट बढि लिइएको रकम निज ब्यापारीबाट फिर्ता लिइ प्रति ग्राहक रु २०० का दरले १४ जना ग्राहकलाई सम्बन्धित वडाका वडा अध्यक्ष मार्फत फिर्ता गराईएकाे उद्योग वाणिज्य संघ मरिण शाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति April 7, 2020
Loading...