साउदी अरेबिया : नेपालीलाई कम्पनीले घरजाने फारम भराउन थाले

काठमाडौं, वैशाख ५ गते । साउदी अरेबियामा कार्यरत अधिकांश नेपालीले टेलिफोन वा ह्वाट्सएपबाट कम्पनीको कार्य वातावरण असुरक्षित भएको भन्दै कम्पनीले घरजाने फारम भराउन थालेको गुनासो गरेका छन् ।

साउदीको रियादमा रहेेको नेेपाली  दूतावासले दिएको जानकारी अनुसार कम्पनीले घरजाने फारम भराउँदै खान बस्न नदिएको लगायतका समस्याहरु नेपालीले दूतावास समक्ष जानकारी गरेको बताएको हो ।


यसै बीच दूतावासले समस्या परेका नेपालीलाई आफू कार्यरत कम्पनीको नाम, काम गरेको अवधि, हालको समस्या लगायत उपलव्ध भएसम्म समस्यामा परेका नेपालीको संख्या समेत उपलव्ध गराइदिन आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमणको यस संकटमा यथास्थानमा सुरक्षित बस्न नेपालीलाई दूतावासले अनुरोध गरेको छ । संसार भर संक्रमणका हिसावले अत्याधिक चुनौतिपूर्ण र जोखिमपूर्ण समेत रहेकाले अधिकांश मुलुकले संक्रमण फैलन नदिन हरसम्भव सबै उपायहरू अवलम्वन गरेको दूतावासले बताएको छ ।


विहीबार सम्ममा साउदी अधिकारीहरूले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ हजार ३८० पुगेको दूतावासले जानकारी दिएको छ ।

हिजो थप ५१८ जनामा सं क्रमण भएको छ । कूल संक्रमितहरू मध्ये हालसम्म ९९० जना निको भएका छन् । हिजो चार जना सहित जम्मा ८३ जना संक्रमितको मृ त्यु भएको छ ।
थप नेपालीहरुमा संक्रमण भएको आधिकारिक जानकारी नआएको दूतावासले बताएको छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति April 17, 2020
Loading...