सिन्धुलीमा कोरोना परिक्षण तीब्र : सुनकोशीमा भोलि, तीनपाटन र मरिणका सबै परीक्षण नेगेटिभ

सिन्धुली : बैशाख ५ । सिन्धुली जिल्लामा कोरोनाको परिक्षण तिब्र बनाइएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकाको दुई स्थानमा भोलि शनिबार र्यापिड डाइग्नोस्टिक टेस्ट गरिने भएको छ ।

सुनकोशी गाउँपालिका ५ खाल्टस्थित आत्मिय सामुदायिक अस्पताल र रातमाटा स्वास्थ्य चौकीमा विदेशबाट आई घरमै क्वारेन्टाइनमा बस्नेहरुको परीक्षण गर्न लागिएको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बाहोरा दाहालले जानकारी दिनुभयो ।

काठमाडाैबाट आएकाहरुको समेत आवश्यकता अनुसार परीक्षण गरिने जानकारी उहाँले दिनुभयो । सुनकोशीमा विदेशबाट आएकाहरुको संख्या २० जना रहेको छ ।

अध्यक्ष दाहालका अनुसार, सुनकोशीमा अहिले आइसोलेसनमा एकजना पनि विरामी छैन । भारतबाट आएका एकजना आ इसोलेसनमा राखिएको र थप परीक्षणका लागि धुलिखेल पठाइएकोमा परिणाम पोजेटिभ आएपछि डिस्चार्ज भइसकेका छन् ।


यस्तै, तीनपाटन गाउँपालिकामा र्यापिड डाइग्नोस्टिक किटबाट कोरोना परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएको छ । तीनपाटन गाउँपालिकाको बेलघारी, मझुवा दोभान र लाम्पान्टार स्वास्थ्यचौकीमा गरी विदेशबाट आएका ५० जनाको र्यापिड टेस्ट गरिएको जनाइएको छ ।

यसैगरी, मरिण गाउँपालिकामा समेत आरडिटी परीक्षण गरिएको छ । विभिन्न देशबाट आएका ३८ जनाको परीक्षण नेगेटिभ आएको मरिण गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

 

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति April 17, 2020
Loading...