काठमाडौँबाट सिन्धुली हिँडेका पैदलयात्रीलाई प्रहरीले लुभुमै रोक्यो (फोटो-फिचर)

काठमाडौँ : बैशाख ६ । काठमाडौँबाट हिँडेर सिन्धुली जान लागेका कलंकी, हरिसिद्धि र बौद्ध क्षेत्रमा बसाेबास गर्नेहरूलाई प्रहरीले रोकेर ललितपुर स्थित लुभु-प्रहरी चाैकीमा राखेको छ ।

उनीहरुलाई के गर्ने भनेर माथिको आदेश कुरिरहेको यहाँका प्रहरीले बताएका छन् । रोकिएका उनीहरुले भने कोठा नफर्कने र हिँडेरै गाउँ फर्कने बताए । आफूहरुलाई स्थानीयले बिहान खाना खुवाएको समेत उनीहरुले बताए । रोकिएकाहरु ४७ जना छन् ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति April 18, 2020
Loading...