पैदल यात्रुको व्यवस्थापनमा खटिएका नेता दाहाल घाइते, दाहिने हात भाच्चियो

नेपालथोक, सिन्धुली । राजधानीबाट पैदल आएका अलपत्र यात्रु व्यवस्थापनको लागि तयारीकै सिलसिलामा सडकको नालीमा चिप्लिएर लड्दा वाग्मती प्रदेश सभा सदस्य तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालको दाहिने हात भाच्चिएको  छ ।

तीन हप्तादेखि सडकमा अलपत्र पैदल यात्रुको उद्धारमा सक्रिय नेता दाहाल ओखलढुंगा खोटाङ र उदयपुरका अलपत्र यात्रुलाई नेपालथोकमा बस्ने र खाने व्यवस्थापनमा खटिने क्रममा चिप्लिएर शनिबार साँझ लड्नुभएको हो ।

उहाँको सुनकोशी गाउँपालिका ५ खाल्टेस्थित आत्मिय अस्पतालमा सामान्य उपचार गरिएको र भोलि थप धुलिखेल लैजाने तयारी भइरहेको जनाइएको छ । धुलिखेलका चिकित्सकसँग कुराकानी भएको र तत्कालै शल्यक्रिया नहुने भएकाले भोली विहान जाने कि भन्ने विषयमा छलफल भइरहेको नेता दाहालले जानकारी दिनुभयो ।

लुभुमा रहेका सिन्धुलीलगायत अन्य जिल्लाका ८७  जना मजदुरको उद्दार समेत गरिएकाे सुनकाेशी गाउँपालिका अध्यक्ष दीपा बाेहरा दाहालले जानकारी दिनुभयाे । पनौती, नवोबुद्ध नगरपालिका र रोसी गाउँपालिकासँगकाे समन्वयमा अलपत्र मजदुरकाे उद्धार गरिएकाे थियाे ।

त्यस्तै यातायात व्यवसायी आत्मराम थापासहित हिमाल तराइ यातायातकाे सहयाेगमा बनेपा उद्धार गरिएका दुइ सय जनाकाे ब्यवस्थापन नेपालथाेकमा गर्दैगर्दा दाहाल दुर्घटनामा पर्नुभएकाे हाे ।

शनिबार पनि विहानदेखिनै यात्रुको व्यवस्थापन र समन्वयमा खटिएका दाहाल बेलुकापख आएको हावाहुरी र पानीपछि विचल्लिमा परेका पैदल यात्रुको व्यवस्थापनमा खटिएका थिए ।

प्रकाशित मिति April 18, 2020