मरिण गाउँपालिकाद्वारा अलपत्र श्रमिकको उद्दार

मरिण, सिन्धुली ।  सिन्धुलीको मरिण गाउँपालिकामा अलपत्र परेका मकवानपुरको बागमती गाउँपालिकाका  ७० जना श्रमिकहरुलाई मरिण गाउँपालिकाले उद्दार गरेको छ ।

विगत ३ दिन देखि अलपत्र परेका श्रमिकहरुलाई गाउँपालिकाले खाना खुवाई उद्दार गरी आफ्नो-आफ्नो घर सम्म पुग्ने सवारी साधनको ब्यवस्था गरि होम क्वारेन्टाइनमा बस्न सुझाव दिइ पठाइएको मरिण गाउँपालिकाले जनाएको छ ।उद्दार कार्यमा मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल रा.वा. बैंक कपिलाकोट शाखा प्रमुख सरोज प्रसाई र हरिहरपुरगढि गाउँपालिकाका सन्तोष आले खटिनुभएको थियो ।

 

प्रकाशित मिति April 19, 2020
Loading...