भोकाएका कुकुरले जब प्रहरीलाई घेरे (फोटो फिचर)

काठमाडौं, बैशाख ७ । सोमबार काठमाडौंको माइतीघरमा प्रहरीको एक समूह सडकमा भेटिएको कुकुरबाट घेरिए । लकडाउनका कारण सबैतिर बन्द हुँदा खानेकुरा नपाएका कुकुरहरु प्रहरीले खल्तीबाट खानेकुरा निकाल्दा वरपर झुम्मिए ।

 

बन्दका कारण बजारमा केही किनेर खान नपाइने हुनाले प्रहरीले पानी, जुस, बिस्कुटलगायतका ड्राइफुड बोकेर हिँड्ने गरेका छन् । सोमबार दिउँसो खल्तीमा बोकेको बिस्कुट निकालेको देख्नेवित्तिकै माइतीघरमा रहेका ट्राफिक प्रहरीलाई कुकुरले घेरे ।

प्रहरीले बिस्कुट दिएपछि ककुरहहरु पनि निकै रमाउदै खान थाले ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति April 19, 2020
Loading...