असिना पानिले सिन्धुलीको जुनार बगैँचामा क्षति

खनियाँखर्क, सिन्धुली। असिना पानीले सिन्धुलीको महाभारत क्षेत्रमा एक हजार चारसय हेक्टर क्षेत्रफलमा लगाइएको जुनार खेतीमा गम्भीर क्षति पुगेको छ ।

 

फूल खेल्ने र साना गेडा लाग्ने बेलामा असिनाले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् । सिन्धुलीलाई जुनारको पकेट क्षेत्रका रुपमा लिइन्छ । जुनार उत्पादन सहकारी संघ लिमिटेडका अध्यक्ष निर्मल रम्तेलले असिनाले जुनारमा गम्भीर क्षति पुर्याएको बताउनुभयो ।

जुनार बगैंचामा असिना जमेको छ । फूल र मसिना दाना झारेको छ । लकडाउनका कारण जुनारको उपचारमा समस्या आएको समयमा असिनाले पनि क्षति पुर्याएपछि किसानलाई राहतको माग जुनार सहकारीले गरेको छ ।

 

जुनार सहकारीका अनुसार, सिन्धुलीको गोलन्जोर गाउँपालिकाको रतनचुरा, तिनकन्या लगायत क्षेत्रमा जुनार क्षति पुगेको छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति April 19, 2020
Loading...