कुलमानको चमत्कार : प्राधिकरणले एकै वर्षमा ७ अर्ब नाफा कमायो

साउन २८, काठमाण्डाै- गएको आर्थिक वर्ष नेपाल विद्युत प्राधिकरणले ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा १ सय ४९ प्रतिशत बढी नाफा गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले गएको वर्ष ब्याज र रोयल्टी गरी राष्ट्रिय ढुकुटीमा १५ अर्ब ५९ क’रो’ड रुपैयाँ जम्मा गर्न सफल भएको बताउनुभयो ।

चुहावट गएको वर्ष १५ दशमलव ३२ प्रतिशतमा झरेको छ । यो चुहावट अघिल्लो वर्षको भन्दा ५ दशमलव १३ प्रतिशत कम हो । यस्तै गएको वर्ष ७ अर्ब ५५ करोड यु’नि’ट बिजुली खपत भएकोमा प्राधिकरणको ३४ प्रतिशत, नि’जी उत्पादकको २९ प्रतिशत र भारतबाट ३७ प्रतिशत आयात भएको छ ।

प्राधिकरणले बिजुली किनेबापत निजी क्षेत्रलाई १४ अ*र्ब १३ करोड रुपैयाँ र भारतलाई २३ अर्ब ३ करोड रुपैयाँ भु’क्ता’नी गरेक’ छ । इनर्जी बैंकिङको अवधारणाअनुसार नेपालले भारतमा यो बखार्मा ३२ करोड रुपैयाँ बराबरको बिजुली पठाएको छ ।

यस्तै अहिलेसम्म कुल जनसंख्याको ७८ प्रतिशत अर्थात ४५ लाख नागरिकको घरमा बिजुली पुगेको छ । प्राधिकरणले गएको आर्थिक वर्षमा लामो समयदेखि अलपत्र परेका एउटा उत्पादन, ३ वटा प्रसारण लाइन र ३४ वटा वितरणका आयोजना पनि सम्पन्न भएका जनाएको छ ।

यस्तै देशैभरिका थ्री फेज मिटरलाई टीओडी मिटरले विस्थापनको थालनी भएको र काठमाण्डौ उपत्यकालाई ताररहित बनाउन भूमिगत तार बिछ्याउनको लागि ठेकेदार छनौट भैसकेको प्राधिकरणले जनाएको छ ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतको क्षेत्रमा गत वर्ष धेरै सुधार भएको र अब पछाडि जानु नपर्ने बताउनुभयो ।

नाफामा गुणात्मक वृद्धि

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०७५/७६मा ७ अ*र्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ०७४/७५मा २ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले यसलाई ४ अर्ब ३० करोड अर्थात १४९ प्रतिशतले बढाएर ७ अर्ब २० करोड रुपैयाँ पुर्‍याएको हो ।

 

k24

विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट प्राधिकरण गत आवमा पनि खुद नाफा कमाउन सफल
आव ०७२/७३मा ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि तीन वर्षदेखि निरन्तर खुद नाफामा छ । नाफा बढ्दै गएको छ ।

कार्यकारी निर्देशक नियुक्त भएको पहिलो वर्ष घिसिङले प्राधिकरणलाई १ अर्ब ५० करोड, दोस्रो वर्ष २ अर्ब ९० र तेस्रो वर्ष ७ अ*र्ब २० करोड रुपैयाँ खुद नाफामा लगेका हुन् । उनी २०७३को भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

प्रकाशित मिति August 13, 2019
Loading...