रामेछापमा यात्रुबाहक बस पल्टिँदा २८ घाइते २ को अवस्था ग’म्भीर

१० वैशाख, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ कुनौरीमा बस दु’र्घटना हुँदा २८ जना घा’इते भएका छन् ।


लकडाउनका कारण अलपत्र परेका यात्रुहरुलाई लिएर काठमाडौंबाट दोलखाको तामाकोसी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ६८१८ नंम्बरको यात्रुबाहक बस बुधबार विहान दुर्घटना भएको हो ।

दु र्घटनामा परि घाइते हुनेहरु सवैको मन्थली स्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ ।
दु र्घटनामा परि घाइते भएका २ जनाको अबस्था ग’म्भीर रहेको तामाकोसी अस्पतालले जनाएको छ । उनिहरु दुवै जनालाई नै थप उपचारका लागि काठमाण्डौं पठाइएको अस्पतालका डा. केशव धामीले जानकारी दिनुभयो ।

दु र्घटना लगत्तै घट्ना स्थलमा प्रहरी सहितको टोली पुगेर उद्धार गरेको प्रहरीले जनाएको छ । बसमा ३९ जना यात्रुहरु रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।

प्रकाशित मिति April 22, 2020