उदाउँदो सिन्धुली, बाक्लिएको संरचना र तिब्र विकास

सिन्धुली । बिहानीपख सिन्धुलीको विभिन्न स्थान बाट कैद गरिएका सिन्धुलीमाढिको छाँयाचित्रहरु । चित्रहरुमा भुकम्प पछि कंक्रीटको संरचनाहरु निक्कै बाक्लिएको देख्न सकिन्छ । सिन्धुलीको व्यवस्थित शहरी विकासको लागि दुरगामी सोचका साथ निर्णयको खाँचो देखिन्छ ।

खेती योग्य जमीनको पहिचान गरि आवास योग्य, औधोगिक तथा कल कारखानाको क्षेत्र, व्यापारीक क्षेत्रको पहिचान गरि प्राकृतिक सम्पदालाई पनि जोगाईराख्न केहि दशक पछिको भविश्य हेरेर तत्काल आवश्यक निति निर्माण गरि निर्णय लिनुपर्ने देखिन्छ ।नभए पछि गएर हामीले सोचेको सुन्दर शहर कुरुप, अस्तब्यस्त र अव्यवस्थित संरचनाले बिग्रने कुरामा दुइमत छैन । जुन कुरालाई बेलैमा सम्बोधन गरिनुपर्छ ।

सिन्धुली जिल्ला बिकासको गति तिब्र फड्को मार्दै गरेको जिल्ला हो ।अबको केहि वर्षमा सिन्धुलीमा बिमानस्थल, खुर्कोट- चियाबारी सुरुङ्ग मार्ग, विपी राजमार्ग डबल लेन, सुनकोसी- मरिण हाइड्रोपावर, रास्टृय गौरवको आयोजना सुनकोसी- मरिण डाइभर्सन आदि आयोजना पुरा भएमा सिन्धुलीको कायापलट हुनेछ र नेपालीको मान चित्रमा सिन्धुली एक विकसित जिल्लाको रुपमा देखिनेछ । यो सबैलाई ध्यानमा राखेर नीतिनिर्माताहरुले समयमै दीर्घकालीन योजनाहरु बनाउनेतर्फ ध्यान दिनुपर्दछ ।

तस्बिर- नबराज कोइराला

 

-खबर24 सिन्धुली

प्रकाशित मिति August 13, 2019