स्मृतिमा बिजय : तिमीले जित्याै म अझै अग्नीपरीक्षामा छु

शुष्पा भुजेल

बैशाख १०, सिन्धुली । राज्यसत्ता बि रुद्ध शोषित पीडित जनताको मुक्तिका लागि चलिरहेको स शस्त्र संघर्षको रापले मलाई पनि तान्यो । अन्तत घर छाड्ने निर्णय गरें । हुन त त्यो किशोरी उमेर घर छाड्ने निर्णय आफैँमा अपरिपक्व पनि लाग्नसक्छ । यद्यपि, मैले निर्णय लिएँ । झोलामा केही पकडा राखें । मेरो सानो भाइ ट्वाल्ल परेर हेरिरहेको थियो । निस्कनै लाग्दा आमाको अनुहार आखाँमा झुल्कियो । छातिमा कतैबाट ठूलो ढुङ्गाले थिचेको जस्तो भयो । सन्तानका लागि मुग्लानमा दुःख गरेर बसेका बुबा सम्झेँ । त्यो बेला बुबाआमा भारतमा हुनुहुन्थ्यो । भितामा झुन्डिएको तस्वीर हेर्दै रोएँ । तिम्रा कोखबाट जन्मिएको एक असल सन्तान देशको सेवामा लाग्ने प्रण गरेको छ । दुःख नमान्नु होला, एक दिन खुशी लिएर फर्कने छु ।

मनमनले यस्तै भन्दै तस्वीरलाई छातिमा टाँसेर धेरैबेर रोइरहेँ । मेरो सानो भाइलाई थाहा थिएन, के भइराखेको छ ? उ निदाइरहेको थियो । मेरो मनमाचाहिँ आँधी चलिरहेको थियो । त्यो दिन मेरा लागि सामान्य थिएन । मस्त निदाएको भाइलाई टुलुटुलु हेरिरहे मायाले छपकै भएर । भोलिपल्ट दिउँसो घर छाडेर हिँड्न लाग्दा भाइले मेरो स्कट समातेर रुन लाग्यो । म पनि रोए । म पनि त भर्खर १४ वर्षकी थिएँ । भनौं न केटाकेटी उमेर ।
मैले सबै लत्याएर देश र जनताको बीचमा जाने निर्णय गरेँ र निस्के । यो मेरो स्वतन्त्र निर्णय थियो ।
आफैले गरेको यात्रा अनि सं घर्षलाई फर्केर हेर्दा अहिले कहाली लाग्छ । गर्व लाग्छ । विद्यार्थी राजनीतिबाट सुरु भएको मेरो यात्रा राजनीतिक संगठनहुँदै ज नसैन्य फ र्मेशमसम्म रह्यो । यु द्धभूमिमै प्रेम उम्रियो र त्यही भूमिमै खोसियो ।

 

०५९ सालको कुरा हो, म विद्यार्थी जिम्मेवारीमा थिएँ । उमेर सानै भए पनि पार्टीले जिम्मेवारी दिन कति पनि कन्जुस्याई गरेको थिएन । संगठनले दिएको जिम्मेवारी पूरा गर्न समयचाहिँ चुनौतीपूर्ण थिए । ‘दिन अरुको रात आफ्नो’ थियो । घामको न्यानो ताप अनि बिहानी मिरर्मिरेको हावाको स्पर्श लिने मौका कहिल्यै मिलेन ।
यु द्ध भूमिरीमा मर्ने र बाँच्नेको कुनै टुंगो थिएन । पार्टीले दिएको जिम्मेवारी कसरी पूरा गर्ने मात्रै उद्देश्य हुन्थ्यो । यस्तो बेला घरपरिवार, इष्टमित्र कसैको पनि सम्झना नआउने रहेछ । जब आकाश नै फूट्लाजसरी च* ट्याङ्ग हान्दै मुसलधारे पानी पथ्र्यो त्यो बेला आमाको काखको सम्झनाचाहिँ उल्कै आउँथ्यो । आकाशमा ग ड्याङगुडुङ चलेपछि आमाको काखमा गएर लुकेका दिनहरुको विछट्टै सम्झाले मन उरालिन्थ्यो । सानो भाइको सम्झनाले म ओल्टोकोल्टो लागेर रु न्थेँ, अत्तालिन्थे, अनि फेरि सम्हालिन्थेँ ।

यद्यपि, पार्टीभित्र मैले अर्को परिवार अभिभावक र समाज पाएको थिएँ, केही घटना र पात्र छाडेर सहयोग र सद्भाव पाएको थिएँ । अनुशासनको एउटा कसिलो परिधिभित्र हाम्रो छुट्टै संसार थियो त्यसैले त्यहाँभित्र माया थियो । सिंगो पार्टी थियो त्यहाँ पनि प्रेम र विवाहको जीवन थिए यद्यपि, त्यो प्रमुख विषयचाहिँ थिएन ।

म अलि चन्चले स्वभावको थिएँ । सानै भए पनि आफ्नो अडान स्पष्ट राख्थेँ । कहिलेकाहिँ साथीहरुले घमण्डी पनि भन्थे । युद्धकै समय एक कमरेडले मलाई प्रेम र विवाहको प्रस्ताव राख्नुभयो । त्यसलाई मैले स्वीकार गरिन जो साथी अहिले पनि संगठनमै छ । अहिले भेट्दा पनि कताकता लाज लाग्छ ।
२०५९ सालमा विजय जीसँग मेरो पहिलो चिनाजान भयो । पार्टी संगठनकै कामले बिजय जीको घरमा पुगेको थिएँ त्यो बेला उनीसँग चिनाजानचाहिँ थिएन । उहाँको आमा मेरो छोरा पनि तिमीजस्तै पार्टीमा हिँडेको छ निकै दिन भयो घर आएको छैन’ भन्दै मलाई च्याप्प अंगालो मारेर रु’नु भयो । मैले पनि मन थाम्न सकिन, अनायास आखाँबाट आशु खसे । मैले सम्झेँ, मेरी आमा पनि अरुसँग यसैगरि बिलौना गरेर रु’दै होलिन, विद्यालयबाट घर फर्कने ओरालो गोरेटोतिर आँखा लगाएर हेर्दै होलिन् । नीलो स्कर्ट, आकासे रंगको सर्ट लगाएर हातमा किताव च्यापेर आरालो झर्दै गरेकी छोरी सम्झेर कति रो’ इनहोली यस्तै कुराले मलाई निकै समय पिरल्यो ।

त्यसको दुई दिनपछि बिजय जीसँग भेट भयो । आमासँगको भेट र कुराकानी सुनाउन आतुर थिएँ । म भन्दा बढि आतुर उहाँ हुनुहुँदो रहेछ हामीबीच चिनाजान थिएन यद्यपि, उहाँले हाँस्दै बोलाएर भन्नुभयो, आमाले तिम्रो कुरा गर्दै हुनुहुन्थ्यो । यस्तैयस्तै कुराकानीमा लगभग दुई घण्टा वितेछ । पार्टी काममा फेरि टाढा भइयो दुई तीन महिनामा भेट हुन्थ्यो त्यो बेला अहिलेजस्तो सञ्चारको सुविधा पनि थिएन । म उमेरमा उहाँभन्दा निकै सानी भएकाले पनि होला, अरुले नसुन्नेगरी बोलाउँदा सधैँ ‘ओ फुच्ची’ भन्नुहुन्थो । म बेला बेलामा रिसाइदिन्थे । म भन्थे, ‘किन सर आजभोली अलि बढि नै हेप्न थाल्नु भयो त ?’
उहाँ हाँस्दै जिस्काउनुहुन्थ्यो, ‘अनि बच्चाहरुलाई के भन्नु त, आफँै भन त’ विस्तारै समय विते । मभित्र पनि एकजना अभिभावकको आवश्यकता थियो । खासमा भन्दा मनका कुरा खोल्ने साथी । थाहा छैन, कसरी विजयजीसँग मायाको आभाष हुन थाल्यो । हाम्राबारेमा साथीहरुबीचमा अलिअलि हल्ला पनि चल्न थालेछ । एकदिन उहाँले अचानक प्रेम प्रस्तावको निवेदन पार्टीमा दिनुभएछ । मलाई पार्टी कार्यालयमा बेलावट भयो । लगलग खुटा कमाउँदै गएँ । विशाल कमरेडले सोध्नुभयो प्रेम र विवाहको विषयमा । मैले केही बोल्नै सकिन ।

प्रेमको पहिलो बैधानिकता २०६० साल बैशाखबाट प्राप्त भयो । सुरुवात त भयो तर कति बेला कहाँ अन्त्य हुन्छ ? टुङ्गो थिएन । प्रेम सफल हुन्छ वा हुँदैन ? मेरो उमेर पनि सानै थियो । यी सबै विषयमा उहाँ एकदमै सजक र जिम्मेवारी बोध गर्नुहुन्थ्यो । दु श्मनको दवाव र अभावमा प्रेम बाँची रह्यो । भेट्दा पनि मनभरी कुरा गर्ने कहिल्यै समय भएन । मेरो चिन्ता नलिनु आफ्नो ख्याल गर्नु भन्नुहुन्थ्यो भेटहुँदा ।
०६१ बैशाख १ गते एक सभामा हाम्रो विवाह भयो । उहाँले सोध्नुभयो, विवाहको तयारी हुदैछ के गर्ने ? त्यो बेला नाजवाफ भएँ । एक्कासी आँ’शु पो खस्न थाल्यो । केहि बोल्नै सकिन । नजिकै आएर मलाई सम्झाउनुभयो । त्यो बेला घर सम्झेँ । नातेदार, छिमेकी, इष्टमित्र सम्झेँ । विवाह पछिका चुनौतिलाई सम्झेँ, एक्कासी कार्यक्रम सञ्चालकले मञ्चमा बोलाए आँ’शुको रोकिएन । उही घर, परिवारको सम्झनाले बिथोलिरह्यो … सम्हाल्न निकै प्रयास गरे । टीका र माला साटेर विवाह गरियो ।

एक वर्षको प्रेम, दुई वर्षको वैवाहिक जीवनपछि नै मैले प्रेम गु माउनुपर्यो । २०६३ सालको त्यो बैशाख १० को मध्यरात मेरो जीवनमा का’लो कुहिरो भएर आइलाग्यो । जुन रातले विजयकुमार न्यौपोन (शैलेश) र किरण लामा (जीवन) ले निलेको थियो । बटालियन क माण्डर रञ्जितलगायत थुप्रै यो द्धालाई घाइते बनाएको थियो ।

विजय,
व्यस्त शहरको बीचमा उभिएर तिम्रो अभाव अनुभूति गरिरहेको छु । अधुरो कल्पनामा पौडि खेल्दैछु । आज तिम्रो सम्झनामा कलम चलाउन मन लाग्यो । तिम्रो अनुपस्थितिमा मेरो जीवनकै कलम तलमाथि छ । तिम्रो सम्झना कोर्ने कलम पनि तलमाथि भइरहेको छ खै के लेखौं ? कसरी लेखौं ? कसरी सम्झौं ? गन्तव्यविहीन सम्झना जस्तै कलम पनि चलिरहेको छ । कहिँकतै विछिप्त बनेर आएका सम्झनालाई म मर्न दिन्न । विश्वास गर विजय, कीमार्थ विलयचाहिँ हुन दिन्न ।

विजय, आजको दिन तिम्रो हातले मेरो सिउँदो भरिदिएका थियौ । सँगै जीवन जिउने क सम खाएका थियौँ । भविष्यको सुन्दर महल बनाएका थियौँ । जीवनका उकाली ओरालीमा हात समाएर सँगसँगै दुःख तार्ने क सम खाएका थियौँ । त्यो एक वर्षको मिठो तर छोटो सहयात्रा मै मलाई स दाका लागि एक्लै छाडेर अ*स्तायौ ।

बिजय ! सायद तिमीसगँको सहयात्रा यति सहज, सरल र मिठासपूर्ण थियो जुन आज पनि प्रत्येक गाँस र प्रत्येक पाईलामा उभिन्छ । तिम्रा लचकपूर्ण व्यवहार, खानपान र पेशाकमा सरलता, निडरता, बोलीमा मिठास, हरेक परिस्थितिको सहज मूल्याङ्कन गर्ने क्षमता नै आज मेरा लागि पूँजी बनेर उभिएको छ ।

तिमिलाई थाहा छ बिजय ? तिमी विनाको यात्रामा म कतिपल्ट रोएकी छु । जति बेला तिमीले सं घर्षको मैदानमा छा* डेर गयौ, जहाँ लाखौ चुनौति थिए । त्यो बाटोमा हिँड्न र सहि बाटो पत्ता लगाउन सक्ने सामर्थ्य म मा थिएन । कयौ रातमा अनिदो विते । जति बेला पनि तिमीलाई विस्तारामा भएको अभास गरेँ । जुन दिन तिमीले पहिलोपटक मलाई अं गालोमा बे’रेका थियौ, त्यो अं गालाकोे न्यानो र मिठास अहिले पनि ताजै छ ।

कयौँ ल डाईमा हामी सँगै थियौँ । व र्ग बै रीको क्याम्पमा धावा बोल्दै बिजय भएर फर्किएपछि हजारौ दुःख लुकाउँदै तिम्रो छा तिमा टासिएर तीता मीठा कुरा गर्दै म*स्त निदाएको आज जस्तो लाग्छ । त्यति बेला तिमीले मेरो टाउको सुम्सुमाउँदै, कपाल चलाउँदै, चु*म्मन गर्दै बोलेका प्रत्येक शब्द, व्यवहार आज पनि मेरो प्रेरणाको श्रोत बनेको छ । बिजय !
सिन्धुपाल्चोकको त्यो अ न्तिम फौ जी लडाई मेरा लागि दूं र्भाग्य बनिदियो । उज्ज्यालो हुन दुई घण्टा बाँकी रहँदाको त्यो घटनाले मेरो सिं’दुर पु’छियो आमाको का’ख रि त्तियो, बुबाको मुटु च स्कियो । दाजु भाइको वंश सकियो । दिदि बहिनीको माला चुँ डियो । त्यो दिन सम्झदा म आफैलाई र्बिसन पुग्छु । त्यति बेलाका कयौं रात तिमी आउने आशामा बाटाभरी आँखा वि च्छ्याएँ । जतिखेर पनि तिमीले नानी भनेर बोलाएको मात्रै तर्कना आइरह्यो । बि स्तराबाट आत्तिएर हजुर भन्दै बाहिर निस्कन्थे निस्पट्ट अँध्यारोमा तिमीलाई नपाएपछि लट्पटिदै भित्र पस्थेँ । कतै मलाई झुकाएर विस्तारामा लुकिरहेका छौकी भनेर सिरक पल्टाउँथे तर पाउँदैन थिएँ । डाँ’को छोडेर रु’न्थे, त्यहि सिरकले मुख छोपेर । विहानीपख जब निदाउँथे, तिमी अगाडि आएर उभिएको जस्तो लाग्थो । फेरि तिमिलाई अं गालो मा र्न पुग्थे तर मेरा अंगालो रित्तो हुन्थे । तिमी छाँया मात्र बनेर सधैँ मलाई माया गरिरह्यौ । म त्यहि कल्पनाबाट सागर तर्ने हिम्मत बटुल्न थालेँ । आज पनि म त्यहि यात्रामा छु जुन आधा बोटोमा हिजो मलाई छोडेका थियौ ।

बिजय ! तिमी त ल डाईमा बिजय भयौ । म त आज पनि अग्नि परीक्षामा छु । बिजय वा पराजय, फैसला हुन बाँकी नै छ । जुन रात अनि साथ अ न्तिम थियो नि त्यो बेला तिमीले भनेका शब्दशब्द आज पनि सम्झना छ । तिमीले भनेका थियौ तिमी र म बस्ने धर्ती नै फरक भयो । हामी सुत्ने ओछ्यान फरक भयो । भान्छा घर नै फरक भयो । तिमी र मेरा समाज र समुदाय नै फरक भयो । हामी हिड्दा डुल्दा एक्ला एक्लै भयौ तर तिमीलाई थाहा छ ? हामीसँग एउटा कुरा मात्रै फरक छैन, जुन मुटु हाम्रो एउटै छ ।

बिजय ! तिमी मसगै भैदिएको भए यो सं धर्षमा म एकान्तमा मुख छोपेर पल*पल रु नु पर्ने थिएन होला ?
बिजय ! यो त भावना मात्र, भयो होइन र ? मलाई विश्वास गर मेरो जीवनको प्रत्यक पाइलामा तिमी अगाडि छौ । मेरो मुटुमा तिमी छौ । मैले फेर्ने प्रत्येक श्वासमा तिमी छौ । गाँसमा तिमी छौ । बासमा तिमी छौ । आँट र उत्साहमा तिमी छौ । आज पनि तिमीसगै बाँचेकी छु । आइ मिस यु विजय.. आइ मिस यु …. !

प्रकाशित मिति April 22, 2020
Loading...