तीनपाटन गाउँपालिकाद्वारा अ लपत्र नागरिकको उद्धार

१० बैशाख, सिन्धुली । तीनपाटन गाउँपालिकाले काठमाडौँमा अ लपत्र परेका आफ्ना नागरिकको उद्धार गरेको छ ।

तीनवटा बसबाट उद्धार गरिल्याइएका नागरिकलाई गाउँपालिका प्रवेश स्थलमा स्वास्थ्य परीक्षण समेत गरिएको छ । एक महिने लकडाउनका कारण अल’पत्र परेका नागरिकलाई गाउँपालिकाले उद्धार गरेको हो ।


गाउँपालिकाले बुधबार पाँचवटा र मंगलबार तीन वटा बसको व्यवस्था गरी उद्धार गरेको जनाइएको छ । गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले राजधानीबाट गाउँ फर्कन चाहने नागरिकलाई बस लिएर गई ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार, बुधबार बेलुका फर्कने गरी दुई वटा बस पुनः पठाइएको छ । त्यसपछि पनि आउन चाहने नागरिकलाई बसको व्य वस्था गरी ल्याइने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

सुनकोशी गाउँपालिकाले मंगलबार ३० वटाभन्दा बढी बस तथा ट्रकको व्यवस्था गरी आफ्ना नागरिकको उद्धार गरेको थियो । यस्तै, गोलञ्जोर, मरिण, फिक्कल गाउँपालिकाले पनि राजधानीमा अलपत्र परेका आफ्ना नागरिकको उ द्धारका लागि पहल गरिरहेका छन् ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति April 22, 2020
Loading...