पार्टी फुट्न लागेपछि उपेन्द्र र बाबुरामको दौडधुप, नेताहरुलाई मनाउन घर–घरमा

१० बैशाख, काठमाडौं । फुटको संकेत पाएपछि संघीय समाजवादीका अध्यक्ष उपेन्द यादव र डा बाबुराम भट्टराईको दौडधुप बढेको छ

। अध्यक्षद्वय यादव र भट्टराई पार्टीका नेतृ रेणु यादवको निवास पुगी मनाउने प्रयास गरेका हुन् । शान्तिनगरस्थीत रेणुको निवासमा दुई अध्यक्षहरुले पार्टी फुट्न रोक्ने प्रयास स्वरुप छलफल समेत गरेका छन् ।

अहिले समाजवादीका १० सांसदसहित नेताहरु अलग हुने तयारीमा रहेका छन् । पार्टी फुट्ने संकेत पाएपछि यसअघि अध्यक्षद्वयले आफ्ना नेताहरुलाई फोनगरि रोक्ने प्रयास गरेका थिए । तर अध्यक्षको आग्रहपछि पनि पार्टी फुटाउन हस्ताक्षर समेत संकलन गर्ने तयारी गरेपछि यादव र भट्टराई रेणु निवास पुगेका हुन् । समाजवादीबाट रेणु यादवसहित बिमल श्रीवास्तव , मोहम्मद इतियाक राई लगाएत अलग हुने तयारीमा छन् । यस्तै बुधबार नै समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टी फुटाउनका लागि पूर्वमन्त्री तथा सांसदको अ प हरण भएको आ’राेप लगाएका थिए ।

बुधबार साँझ डा भट्टराईले संचारकर्मीहरुलाई सन्देश पठाउदै भनेका थिए ‘आज वैशाख १० गते साँझ साढे पाँच बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौँबाट गएको प्रहरी टोलीले जनकपुरबाट अ प हरण गरेर पार्टी फु टाउने प्रयोजनका लागि काठमाडौं लगेको छ ।’ यादवलाइ काठमाडाै अ प हरण गरि ल्याउन लागेकाे खवरकाे उनकाे परिवारले भने खण्डन गरेका छन् ।

उनकाे पारिवारिक स्राेतले कुनै अ प हरण नभएकाे जानकारी दिएका छन् । सरकारले सोमबार जारी गरेको राजनीतिक दलसम्बन्धि अध्यादेशले राजनीतिक दलहरुलाई विभाजनको बाटो सजिलो बनाईदिएपछि समाजवादी पार्टी फुट्न सक्ने आशंका गरिएको छ।

प्रकाशित मिति April 22, 2020