आज आमाको मुख हेर्नेदिन : मास्क लगाएर आमाको अनुहार हेर्न सुझाव

काठमाडौँ, वैशाख ११। वैशाख कृष्ण औँसीका दिन आज बिहीबार जन्म दिने आमाप्रति सक्नेले आभूषण, वस्त्र, स्वास्थ्य अनुकूलका फलाहार, मिठाइ अर्पण गरेर सद्भाव व्यक्त गर्दै आमाको अनुहार हेरिँदैछ ।

काठमाडौँ महानगरपालिकाअन्तर्गत पिङ्गलास्थानस्थित रामघाट स्वास्थ्य केन्द्रकी डा. उरुसा पौडेल भन्नुहुन्छ, आमाको अनुहार हेर्ने अति पवित्र दिनमा सबैले सामाजिक दूरी कायम गरेर मात्र आमाको अनुहार हेर्दा राम्रो हुने सुझाव दिनुहुन्छ ।

प्रकाशित मिति April 23, 2020