नेपालकी पाँचौ कोरोना संक्रमित पनि निको भएर घर फिर्ता

बाग्लुङ, बैशाख १२ । नेपालको पाँचौ कोरोना संक्रमित युवती अन्सु सापकोट पनि बागलुङको धवलागिरी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज हुनु भएको छ ।

उहाँ बेल्जियम बाट चैत ४ गते काठमाडौं आउनु भएको थियो । फ्रान्सबाट आएकी प्रसिद्धी श्रेष्ठ आएकै एउटै जहाजबाट उहाँ पनि आउनु भएको र श्रेष्ठमा संक्रमण देखिए पछि उहाँको स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते सापकोटामा पनि संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति April 24, 2020
Loading...