सिन्धुलीमा बाहिरी जिल्लाबाट तरकारी ल्याएर बिक्री गरेको आरोपमा दुईजना विरुद्ध मुद्धादर्ता

सिन्धुली, बैशाख १२ । बाहिरी जिल्लाबाट तरकारी ल्याएर विक्रि वितरण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दुईजना विरुद्ध मुद्धा दर्ता गरेको छ ।

कमलामाई नगरपालिका ५ मधुटारका गौरी शंखर चौधरी र विनोद चौधरीलाई आज विहान सिन्धुलीमाढीमा रहेको कृिष उपज बजारमा १०–१० केजि काउली , १०–१० केजि हरियो खुसार्नी ल्याई विक्रि गरिरेको आरोपमा संक्रमण रोग ऐन २०२०, को मुद्धा दर्ता गरिएको सिन्धुली जिल्लाका प्रमुख प्रहरी निरिक्षका रन्जु सिग्देलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा मंगलवार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले तराईका विभिन्न जिल्लाबाट सिन्धुलीमा आयात हुदै आएका फलफुल, हरियो तरकारी, माछा मासु, अण्डा, कुखुराको चल्ला लगाएतका बस्तुहरु आयात गर्ने नपाउने प्रतिबन्ध लगाएको थियो ।

उक्त नियमको उलंघन गरि तरकारी विक्रि वितरण गरेको आरोपमा निजिलाई सिन्धुली अदालतले सात दिनको म्याद थप गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।

प्रकाशित मिति April 24, 2020
Loading...