कतारमा नेपाली माथि सांघातिक आक्रमण गरी हत्या, अनावश्यक भिडमा नजानु : दुतावास

दोहा ( कतार ) – नेपालीमाथि सांघातिक आक्रमण हुँदा कतारमा एक नेपालीको हत्या भएको छ भने ५ जना घाइते भएका छन्।गत मंगलबार दोहाथित जैदा पार्कमा नेपालीमाथि सांघातिक आक्रमण भएको दोहास्थित नेपाली राजदूतावासले बुधबार जनाएको छ।

दूतावासका अनुसार घटनामा एकजना नेपालीको मृत्यु भएको छ भने अन्य ५ जना नेपाली घाइते भएका छन्। दूतावासले जारी गरेको विज्ञप्तिअनुसार सुनसरीका तरबेज अन्सारीको घटनास्थलमै मृत्यु भएको थियो। घाइते मध्ये उमर अन्सारीको दोहाथित हमाद अस्पतालमा उपचार भइरहेको दूतावासले जानकारी दिएको छ।

यस्तै इब्राहिम अन्सारी र नौसाद अन्सारी भने खतरामुक्त रहेका छन्। अन्य दुईजना घाइते अकबर मिया र महुद अन्सारीलाई दूतावासले प्रहरी हिरासतबाट मुक्त गराएको छ। घटना कतारको दोहा स्थित जैदा पार्कमा साउन २८ गते भएको थियो ।

भिडमा नजानु : दुतावास

यस्तो किसिमको घटनालाई मध्यनजर कर्दै कतार स्थित नेपाली दुतावासले अनावश्यक भिडमा नजान र जानै परे आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

नेपाली राजदूतावास, दोहाद्वारा आज २९ श्रावण २०७६ ( १४ अगष्ट २०१९) का दिन जारी प्रेस विज्ञप्ति-

प्रकाशित मिति August 15, 2019