सिन्धुली कारागारमा रहेका कैदिबन्दीहरुलाई कमलामाई नगरप्रमुख खत्रीद्वारा स्वास्थ्यसामग्री हस्तान्तरण

१३ बैशाख, सिन्धुली । कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग खत्रीले सिन्धुली कारागारमा रहेका कैदिबन्दीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

कारागारमा रहेका कैदीवन्दीहरु र कर्मचारीहरुकाे लागी २५० थान माक्स र सेनिटाईजर सिन्धुली कारागारका निमित्त जेलर मात्रिका प्रसाद पहाडीलाई प्रमुख जिल्ला अधिकारी याेगेन्द्र प्रसाद पाण्डेकाे उपस्थितिमा आज हस्तान्तरण गरेका हुन ।


साथै नगरप्रमुख खत्रीले सिन्धुली कारागारमा रहेका समस्याहरु र समसामायिक विषयका वारेमा पनि प्रमुख जिल्ला अधिकारी र निमित्त जेलर संग छलफल गरेको कमलामाई नगरपालिकाले जनाएको छ । अहिले सिन्धुली कारागारमा २२८ कैदीवन्दीहरु रहेका छन् ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति April 25, 2020
Loading...