घ्याङलेख गाउँपालिकाद्धारा काठमाण्डौमा अलपत्र आफ्ना नागरिकको उद्दार

१३ बैशाख, सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले लडाउनका कारण काठमाण्डौमा अलपत्र परेका आफ्ना नागरिकलाई उद्दार गरेको छ ।

विश्वभर म हामारीको रुपमा फैलीरहेको कोरोना भाईरसको कारण नेपाल लकडाउनको अबस्थामा छ । लकडाउनको कारण काठमाण्डौमा दैनिक ज्यालादारी गरीखाने मजदुर तथा बिद्यार्थीहरुलाई स*मस्या हुन थालेपछि ति नागरीकहरुलाई घर फिर्ता गरेको हो ।

गाउँपालिका उपाध्यक्ष दुर्गा देवि सुनुवारले विहिबार ३ वटा बस लिएर काठमाण्डौमा गएको थियो । तिनवटा बसमा घ्याङलेखको १७४ जना नागरीकलाई घर फिर्ता ल्याएको गाउँपालिका अध्यक्ष जगत बहादुर भोलनले जानकारी दिनुभयो ।
गाउपालिकामा भित्रिएको सम्पुर्ण नागरीकहरुलाई वडा अध्यक्षहरुको नि गरानीमा अनिबार्य रुपमा होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको जनाएको छ ।

प्रकाशित मिति April 25, 2020