विदेशमा रहेका नेपालीबारे गम्भीर भएर सोच्न आग्रह

काठमाडौँ, वैशाख १४। नेपाली काँग्रेसले देशबाहिर रहेका करिब ५० लाख नेपालीलाई अभिभावकत्व प्रदान गर्न सरकारसँग माग गरेको छ ।

विदेशमा रहेका ५० लाख नेपालीकै एकमुष्ठ स्वदेश फिर्ती होइन, अ प्ठ्यारोमा परेर फर्कन चाहेका या फर्काउनुपर्ने स्थिति बनेका नेपालीलाई मात्रै स्वदेश फर्काउन तत्काल ठोस योजना बनाउन नेपाली काँग्रेसले सरकारसँग आग्रह गरेको छ ।

उनीहरूले पठाएको विप्रेषणबाट मुलुकको अर्थतन्त्र चलेको भन्दै काँग्रेसले यस्तो आग्रह गरेको बताएको छ । गत आर्थिक वर्षमा विदेशमा बसेका नेपालीले सात खर्ब ७९ अर्ब रुपियाँ स्वदेश पठाएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

विदेशमा रहेका नेपालीबारे ११ बुँदे पार्टीको दृष्टिकोण शनिबार सार्वजनिक गर्दै काँग्रेसले सचेतना, राहत, उपचार र उद्धारमा तदारुकता बढाऔ भन्ने अपिल गरेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (को भिड–१९)बाट विश्वभरि छरिएर रहेका नेपालीबारे सरकारको ध्यानाकर्षण गराइएको काँग्रेसले स्पष्ट पारेको छ ।


पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले हालसम्म विदेशमा रहेका ५० नेपालीको मृत्यु भएको र झन्डै दुुई हजार दुई सयभन्दा बढी नेपाली सङ्क्रमित भएको बताउनुभयो । सम्बन्धित देशमा रहेका नेपाली समुदायलाई थप प्रेरित, सङ्गठित गर्न र नेपाल सरकारले थप कूटनीतिक एवं व्यवस्थापकीय पहल गर्न काँग्रेसले भनेको छ ।

वैकल्पिक व्यवस्था
“नेपालीले रोजगारी गुमाएका छन्, अस्थायी रोजगारमा रहेकाको स्थिति झनै कष्टकर रहेकाले रोजगारी गुमाएका तथा रोजगारी खतरामा परेका विदेशका नेपालीबारे नेपाल सरकारले यथाशीघ्र ठोस दृष्टिकोण निर्माण गरेर अभिभावकत्व ग्रहण गर्नु सरकारको जिम्मेवारी हो”, सो दलले भनेको छ ।

अ*प्ठ्यारोमा परेर स्वदेश फर्कन चाहेका नेपालीलाई ‘आउन दिन्नौँ’ भन्ने मनोविज्ञान र व्यवहार प्रस्तुत गरिँदा मानवअधिकार र मानवीयता दुवै दृष्टिले गलत हुन्छ भन्दै प्रवक्ता शर्माले देशलाई विप्रेषण पठाएर अर्थतन्त्र जोगाउन योगदान गरिरहेका र एकदमै समस्यामा परेका नेपालीलाई उद्धार गर्नु राष्ट्रको कर्तव्य भएको बताउनुभयो ।

काँग्रेसले भनेको छ, “विद्यार्थीलाई राहत, घर फिर्ती, शुल्क तिर्न अभिभावकले नेपालमा तिर्न सक्ने गरी सहुलियत ऋण या अनुदान आदि प्रबन्ध गरेर देशले उच्च आत्मीयता र अभिभावकत्व प्रस्तुत गर्नैपर्छ । ”

प्रकाशित मिति April 26, 2020
Loading...