सरकारले भारत र चीन संगको सिमानाका बैशाख ३० सम्म बन्दगर्ने

१४ वैशाख, काठमाडौं । सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर भारत र चीनसंगको सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो ।

आइतबारको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति April 26, 2020