रबी लामिछाने समर्थकहरु द्वारा आज काठमान्डौ उपत्यका र चितवन बन्दको आह्वान !

साउन ३२, काठमाडौं । चर्चित सञ्चारकर्मी रवी लामिछाने पक्राउ परेपछि चितवनमा मात्रै नभई देश तथा विदेशभरी नै तनाब सुरु भईरहेको भएको छ । रवीको सर्मथनमा आएका ५ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । हजारौंको संख्यामा प्रदर्शनहरु भइरहेका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा दोषी भएको भन्दै लामिछाने, अर्का पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला अदालत चितवनले थप ५ दिन थुनामा राख्न भनेको छ । हिजो देखिनै रबी लामिछने समर्थकले चितवन जिल्ला अदालत र प्रहरी कार्यालय अगाडि ब्यापक प्रदर्शन गरिरहेका थिए । यो बीचमा सामाजिक सञ्जालमा हिजो देखिनै चितवन बन्द गर्ने पर्चा सँगै हल्ला सुरु भएको थियो ।

सामाजिक सञ्जालमा रवी लामिछाने शुभचिन्तकहरुको नामबाट जारी भएको पर्चामा लेखिएको छ, ‘भ्रष्टाचारविरोधी सामाजिक अभियान्ता रवि लामिछानेलाई झुटा मुद्दा लगाई फसाउन लागेको विरोधस्वरुप मिति २०७६ साल साउन ३२ गते यातायात, व्यापार, शैक्षिक संस्था लगायत सम्पूर्ण चितवन बन्दको आह्वान गर्दछौं ।’ यस विषयमा चितवन प्रहरीले भने आफुहरुर्लाइ कुनै जानकारी नभएको जनाएको छ । साथै, रवि लामिछाने रिहा नभएसम्म ७७ जिल्ला प्रशासन कार्यालय अगाडी दिनहुँ प्रदर्शन गर्ने कार्यक्रम रहेको रबी लामिछने समर्थकहरुले सामाजिक सन्जाल मार्फत जानकारी जानकारी गराएका छन ।

प्रकाशित मिति August 16, 2019
Loading...