छोरा आगलागीमा बितेको नौ दिनपछि घाइते बुवाको हृदयघातले मृ’त्यु

गत वैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बजारमा रहेको एक पसलमा भएको आ गलागीमा घाइते भएका एक जनाको बुधबार निधन भएको छ।

बाग्लुङको बरेङ गाउँपालिका वडा नंं ३ का वडा अध्यक्ष पूर्ण बहादुर खनालको गुल्मीको शान्तिपुर बसपार्कस्थित घरमा आगलागी हुँदा घाइते खनालको बुधबार काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

खाद्यान्न र ग्याँससँगै खुला रूपमा डिजल र पेट्रोलको समेत विक्री वितरण गर्दै आएका खनालको घरमा एक्कासि भएको आ*गलागीमा परी उनका कान्छो छोरा १६ वर्षीय समिरको सोही दिन घटनास्थलमै मृ त्यु भएको थियो।

आ गलागीमा पनि खनाल र उनकी श्रीमती रूपा खनाल घाइते भएका थिए।

उपचार भइरहेकोमा पूर्ण बहादुरको बुधबार निधन भएको हो।

आ गलागीमा परी जलेको घा*उ निको हुँदै गए पनि सोही आगलागीबाट घटनास्थलमै छोराको ज्या न गएपछि वि क्षिप्त बन्दै गएका खनालको हृ*दयघातका कारण ज्यान गएको पारिवारिक स्रोतले बताएको छ।

खनालले लामो समयदेखि शान्तिपुर बसपार्कमा खनाल स्टोर्स सञ्चालन गर्दै आएका थिए।

प्रकाशित मिति April 29, 2020
Loading...