कोरोना टेस्ट नगरी काठमाडौँमा घरबेटीले कोठा छिर्न दिएनन्

काठमाडौँ, बैशाख १७ । मंगलबार दिउँसो एक महिला ‘कोरोना टेस्ट गरिदिनु’ भन्दै एम्बुलेन्स चढेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइपुगिन्।

उनका साथमा दुई छोरा पनि थिए। एम्बुलेन्सबाट ओर्लिन नपाउँदै चिकित्सक टोलीले उनलाई सोधपुछ गर्न थाल्यो, ट्राभल हिस्ट्री र लक्षण सोधियो। रुघाखोकी, ज्वरो या कुनै लक्षण थिएन र उनी विदेशबाट आएकी पनि होइनन्। न त विदेशबाट आउनेको सम्पर्कमै आएकी थिइन्।

चिकित्सकले भने, ‘त्यसो भए बेकारमा किन गराउनुपर्‍यो टेस्ट? जुन ए*म्बुलेन्समा आएको त्यसैमा घर जानुस्।’
उनले अटेर गरिन् घर जान मानिनन्। ‘यति नगरी मलाई घरबेटीले कोठा छि*र्न दिँदैनन्, बच्चाहरू लिएर म क हाँ जाने सर?’ उनले बा*ध्यता सुनाइन्।

उनी ठमेलमा कोठा लिएर बस्दै आइरहेकी रहिछन्। काठमाडौंमा कोरोना भाइरसको संक्रमणको ह ल्ला चल्न थालेपछि सिन्धुपाल्चोकस्थित गाउँ फर्किएकी थिइन्। यहीबीच शल्यक्रिया गरेको घा उ दु*खेपछि जँचाउन मगंलबार ए*म्बुलेन्स रिजर्भ गरेर काठमाडौं आइन्। तर, गाउँबाट भा इरस बोकेर आएको भन्दै घरबेटीले उनलाई कोठा छि*र्न दिएनन्, प्रहरी बोलाए। प्रहरीले पनि वि’वाद मिलाउन नसकेपछि टेस्ट गराएर आउनु भन्दै टेकु पठाएको उनले बताइन्। ‘न मलाई ज्वरो आउनु न बच्चाहरूलाई केही हुनु,’ उनले भनिन्, ‘भित्र पस्ने भए सामान फाल्छु पो भने, अचम्म लाग्यो।’ घरबेटीलाई देखाउन भए पनि टेस्ट गरिदिनैपर्‍यो भन्दै उनी वि’न्ती गर्न थालिन्। सँगै आएकी स्वास्थ्यकर्मीले पनि उनीहरूलाई ए म्बुलेन्समा राख्नुअघि घरबेटीलाई सम्झाएको, परामर्श गरेको बताइन्।

‘टेस्ट गर्नुपर्ने कुनै कार ण छैन ड’राउनु पर्दैन भन्दा मान्दै नमानेपछि उनीहरूलाई ए म्बुलेन्समा हाल्नुपरेको हो। हामीलाई त थाहा थियो अस्पतालले फर्काउँछ भनेर,’ उनले भनिन्, ‘हामी त बिरामीभन्दा पनि यस्तै लफडा बोकेर हिँड्नुपरेको छ, मान्छेहरू कुरै बुझ्दैनन्।’

रोगको लक्षण र ट्राभल हिस्ट्रबिना कोरोना टेस्ट नगर्ने अस्पतालको आफ्नै सीमितता थियो। आकस्मिक कक्षमा खटिएका चिकित्सक के गर्ने, के नगर्ने अलमलमा परे। यत्तिकैमा एक चिकित्सकले भने, ‘एउटा, दुइटा भए पो ल टेस्ट गरिहालौं भन्नु, घरबेटीले पठाएको भनेर यस्ता केस त कति आउँछन् कति।’ बिरामीको उपचार भन्दा यस्तै सामाजिक झमेला लिएर आउने मान्छेलाई सम्झाएर दिग्दार लागिसकेको उनले बताए। टेस्ट गरिदिएन भनेर कति मान्छेले गाली गर्ने, धम्क्याउने गरेको तितो अनुभव पनि उनले सुनाए। ‘टेस्ट नगरी घरै फर्किन्न भनेर अड्डी कस्नेलाई कतिपटक अस्पतालमै राख्नुपरेको उनले छ। यहाँ संक्रमित बिरामी भर्ना भइरहेका हुन्छन्,’ उनले भने, ‘बिरामी नै नभएकालाई अस्पतालमा राख्दा उल्टै संक्रमण सर्ने जोखिम हुन्छ, जे गरे पनि सुखै छैन हामीलाई।’

नेपालमा कोरोना संक्रमणभन्दा पनि रोगप्रतिको अ ज्ञानता र भ्रमले समस्या ख*डा गरेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए। ‘बिरामी आउलान् भनेर ज्वरो क्लिनिक राखेको हो, तर खाली यस्तै लफडा मात्रै आउँछन्,’ उनले भने, ‘अदालतमा बयान दिन जानुअघि टेस्ट, तरकारी बेचेर घर छिर्नुअघि टेस्ट, वडामा राहत लिएर घर जानुअघि टेस्ट गरेर सा ध्य हुन्छ कहीँ?’ मानिसलाई अहिले रोगभन्दा पनि समाजिक वि भेदले सताइरहेको र यसको मार अस्पतालले झेलिरहेको उनले बताए।

सामाजिक विभेद होला भन्ने डरका कारण स्थानीय तहमा सुविधा हुँदाहुँदै पनि मानिसहरू टेकुमै आरडीटी गर्न आउने गरेका छन्। यसरी आउनेमा राजधानी वरपरका पालिका मात्रै नभएर प्रदेशदेखि ट्रकमा लुकेर टेकु आउने गरेको डा. राजभण्डारीले बताए। ‘प्रदेशका अस्पताल पनि उस्तै छन्,‘ उनले भने, ‘आफूलाई रोग सर्ला भनेर सकेसम्म केस यहीँ रिफर गर्छन्, हामीले त बाहिरको यहाँ नपठाउनु भन्यौं, उनीहरूले पनि काम सिक्नुपर्‍यो नि।’

ती महिलाको टेस्ट त अस्पतालमा भएन। केही सि*प नलागेपछि चिकित्सकले उपाय निकाले ‘टेस्ट नगर्ने तर रिपोर्ट नेगेटिभ छ भनेर पुर्जामा लेख्ने अनि घर पठाउने।’

महिलाले ओपीडीको टिकट काटिन्। चिकित्सकले कोरोना छैन भनेर पुर्जामा लेखे। उनले ढुक्कको श्वास फेरिन् अनि उनी ए म्बुलेन्स चढेर कोठा फर्किन्।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति April 29, 2020