सिन्धुली अस्पतालमा आईसीयू सेवासुरु हुने

बैशाख १९, सिन्धुली । सिन्धुली अस्पतालमा तीन वटा सघन उपचार कक्ष (आइसीयू) स्थापनाको प्रक्रिया शुरु भएको छ ।

आइसीयू वार्ड स्थापनाका लागि आवश्यक औजार उपकरण आपूर्तीका लागि शुक्रबार बाेलपत्र आह्वान गरिने भएकाे छ । काेराेना भाइरस (काे’भिड-१९) सङ्क्रमण राेकथाम तथा व्यवस्थापनकै सिलसिलामा आइसीयू कक्ष निर्माण गर्न लागिएकाे अस्पतालका अध्यक्ष प्रलाद पाेखरेलले जानकारी दिनुभएकाे छ ।

सिन्धुलीमा पहिलाेपटक आइसीयू कक्ष निर्माण गरिन लागिएकाे हाे । विशेष परिस्थितिका कारण सार्वजनिक खरिद ऐन २०६३ काे दफा ६६ तथा सार्वजनिक खरिद नियमावली २०६४ काे नियम १४५ काे विशेष परिस्थितिमा खरिद गर्ने व्यवस्था अनुसार सामान खरिद गर्न लागिएकाे जनाइएकाे छ । केन्द्र सरकारकाे सहयाेगमा दुइवटा भेन्टिलेटरसहितकाे तीनवटा सघन उपचार कक्ष बन्न लागेकाे हाे ।

अस्पतालमा स्वास्थ्य उपकरणसहितकाे १४ वटा आइसाेलेसन कक्षसहित ५० वेड रहेकाे छ । अस्पतालमा दक्ष चिकित्सक लैजाने, अस्पताललाइ सुविधा सम्पन्न बनाउने, आइसाेलेसन र आइसीयू कक्ष निर्माण गर्नेलगायत कार्यमा अध्यक्ष प्रलाद पाेखरेलकाे प्रयास र सक्रियतालाइ सिन्धुलीवासीले प्रसंसा गरेका छन् ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति May 1, 2020