लकडाउनकै बीच नेपालबाट दुबई निर्यात भयो खरबुजा र मेवा

१९ वैशाख, काठमाडौं । लकडाउनकै बिच नेपालबाट दुबईमा खरबुजा र मेवा निर्यात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा दुबईको एक व्यापारिक कम्पनीले बुधबार नेपालबाट फलफूल आयात गरेको हो ।

नेपालबाट बुधबार सात हजार किलो खरबुजा र १५ सय किलो मेवा दुबई पुगेको युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले ट्वीटर मार्फत जानकारी दिएका छन् ।

नेपालमा उत्पादित फलफूल तथा कृषि’जन्य वस्तुहरू युएई आयातका लागि दूतावासले पहल गरिरहेको राजदूत ढकालले उल्लेख गरेका छन् ।

प्रकाशित मिति May 1, 2020
Loading...