सिन्धुलीमा रेडियोबाट एसईई तयारी कक्षा संचालन हुदै

सिन्धुली, बैशाख २० । कोरोनाको कारण माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा स्थगित भएपछि सिन्धुलीमा सामुदायिक रेडियोहरुबाट दुर शिक्षा पद्धततिद्धारा एसईई सहयोगी शिक्षा रेडियो कार्यक्रम आइतवारबाट सुरुहुने भएको छ ।

जिल्लाको ९ वटै स्थानिय तह, प्लान ईन्टरनेशनल नेपाल, हेन्डस नेपाल सिन्धुलीको आर्थिक सहयोगमा शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीको पहलमा यो कार्यक्रम सुरु गर्न लागिएको हो । लकडाउनका कारण परिक्षार्थीहरुको परिक्षामा असर नपरोस भनेर एसईई सहयोगी शिक्षा रेडियो कार्यक्रम सुरु गर्न थालिएको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख नेत्र प्रसाद गजुरेलले वताए ।

नेपाली,अंग्रेजी,गणित,विज्ञापन तथा सामाजीक विषयको शैक्षिक सामाग्री तयार पारी रेडियोवाट प्रशारण गरिने छ । एसईई सहयोगी शिक्षा रेडियो कार्यक्रम यही बैशाख २१ गते आईतवार देखि जेष्ठ १५ गते सम्म पहिलो चरणमा रेडियोबाट प्रशारण हुने छ । सिन्धुलीका छ वटा रेडियो स्टेशनहरु र छिमेकी जिल्लाका केही रेडियो स्टेशनबाट आइतवार देखी एकै साथ दिउसो ३ बजे देखि ५ बजे सम्म यो कार्यक्रम प्रशारण हुने सहमती रेडियो संचालकहरुसँग एक हप्ता अगाडी जिल्ला प्रशासन कार्यलयमा भएको थियो ।

परीक्षा स्थगित भएपछि परीक्षार्थीहरुको शिक्षा सिकाई क्रियाकलाप केही अवरुद्ध भएको छ । परीक्षाको थोरै त्रास छ । परीक्षा कहिले हुने भन्ने संका छ । यी विभिन्न कारणले गर्दा अव हुने परीक्षामा असर पुग्छ की भनेर एसईईको संघारमा रहेका विद्यार्थीहरु लक्षित गरेर यो कार्यक्रम सुरु गर्न थालेको गजुरेलले वताए ।

एसईई सहयोगी शिक्षा रेडियो कार्यक्रममा पाँच बिषयहरु अग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपालीको पठनपाठन हुने उहाँले बताउनुभयो । एसईई परिक्षामा सहभागी हुने परिक्षार्थीहरुको ग्रेडबृद्धि लगाएतमा सहयोग पुग्ने अपेक्षाका साथ यस कार्यक्रम सुरु गरिएको हो । “विद्यार्थीहरुले विद्यालयमै सबै कुराहरु त पढी सकेका छन । तर लामो समय घरमै बस्दा उनीहरुले बिर्सिन सक्छन, अलमलिन सक्लान र परीक्षा बिग्रन्छ की भनेर उनीहरुलाई पढेको कुरा सम्झाउन मात्रै यो परीक्षाको मोडेलमै रहेर रेडियो कार्यक्रम तयार पारिएको हो ।

यस बर्ष एसईई परिक्षामा सिन्धुलीबाट ५ हजार ८ सय १३ परिक्षार्थीहरु परिक्षामा सहभागी हुदैछन । परीक्षा स्थगित भएपछि तनावमा रहेका विद्यार्थीहरु रेडियोबाट पठनपाठन गराउन सुरु हुने भएपछि उनीहरु उत्साहित हुने आशा गरिएको छ ।

प्रकाशित मिति May 2, 2020
Loading...