नेकपा बैठक : पार्टी एकवद्ध हुने, स्थायी समिति बैठक वैशाख २५ गते

काठमाडौं, वैशाख २० । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएकाे छ । बैठकले पार्टी एकवद्ध भएर जाने तथा स्थायी समितिको बैठक वैशाख २५ गते ११ बजे काठमाडाैंमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैशाख २४ गते ३ बजे बस्ने सचिवालय बैठकले स्थायी समितिको बैठकका एजेन्डा तय गर्ने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले जनाकरी दिनुभयो । साथै बैठकले नेता बामदेव गाैतमलाइर् उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय समेत गरेकाे प्रवक्ता श्रेष्ठले बताउनुभयाे ।

उहाँ अब पार्टी एकतावध्द भएर काेराेना विरूध्द जुध्न अघि बढ्ने बताउनुभयाे । उहाँले सरकारका तर्फबाट र पार्टीका तर्फबाट विगतमा भएका कमी कमजाेरी प्रति आत्मआलाेचना गर्दै अघि बढ्ने निर्णय पनि गरेकाे बताइएकाे छ ।

प्रकाशित मिति May 2, 2020
Loading...