कमलामाई नगरप्रमुख खत्रीद्वारा अनाथालयलाई खाद्यान्न सहयोग

सिन्धुली, बैशाख २१ । कमलामाई नगरपालिका प्रमुख खड्ग खत्रीले ढुङग्रेवासमा रहेको एक अनाथालयलाई खाद्यान्न सामाग्री सहयोग गरेका छन ।

नगर प्रमुख खत्रीले  क. न. पा – ४ ढुङ्ग्रेवास स्थित शैलशिखर अनाथालयमा रहेका वालवालिकाहरुकाे लागी खाद्यान्न सामाग्री सहयाेग गरेका हुन । साथै उक्त अनाथालयका संचालक विष्णु प्रसाद देवकाेटासँग अनाथालय संचालनमा भएका समस्या र  समस्याका समाधानकाे विषयमा पनि छलफल गर्नुभएको कमलामाई नगरपालिकाले जनाएको छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति May 3, 2020
Loading...