कश्मीरमा भीडन्त, सेनाका कर्णेलसहित पाँच सुरक्षाकर्मीको मृ’त्यु

काठमाडौं, बैशाख २१ : भारतको कश्मीरमा भएको भि’डन्तमा भारतीय सेना सेनाका दुई अफिरसहित पाँच सुरक्षाकर्मीको ज्यान गएको छ।

मृ’त्यु हुनेमा भारतीय सेनाका कर्णेल आशुतोष शर्मा, मेजर अनुज, सब इन्स्पेक्टर शकील काजी रहेका छन्। दुई सेनाको भने नाम खुलाइएको छैन्।

शनिबारदेखि जारी भि’डन्तमा दुईजना आ तंककारीको समेत मृ त्यु भएको छ। आ तंककारीहरु एक घरमा लुकेर बसेको थाहा पाएपछि त्यहाँ सेनाले कारबाही गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

आ तंककारीहरुले घरमा रहेका मानिसहरुलाई ब’न्धक बनाएर राखेका थिए। उनीहरुको उद्धारका लागि सेना र प्रहरीको टोली तैनाथ गरिएको थियो ।

सुरक्षा बलले बन्धक रहेका मानिसहरुको उद्धार गरेको छ। कर्णेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए। उनी इलाहाबादका बासिन्दा हुन्।

प्रकाशित मिति May 3, 2020
Loading...