सिलिण्डर वि’स्फोट हुँदा दुई बालक घाइते

दमौली, बैशाख २१ : खाना पकाउने एलपीजी ग्यासको सिलिण्डर वि स्फोट हुँदा आँबुखैरनी गाउँपालिका को सत्रसयमा दुई बालक घाइते भएका छन्। आइतबार बिहान साढे ७ बजे भएको वि स्फोटमा पारी विनोद विकका दुई छोरा ११ वर्षीय विवेक र सात वर्षीय सरगम घाइते भएका हुन्।

हात र शरीरको केही भाग ज’लेको उनीहरुको आँबुखैरेनी हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए

सुवेदीका अनुसार भान्सामा खाने कुरा बसालिरहेका बेला ग्यास वि स्फोट भएको थियो भनाइ छ। उनले घाइते बालकहरु ख’तरामुक्त रहेको उनले बताए। सिलिन्डर वि’स्फोट हुँदा विकको घरको छानो उडेको छ। भने भित्तासहितको धेरै भाग भत्किएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति May 3, 2020