नेपालमा थप एकजनामा कोरोना पुष्ठि, संक्रमितको संख्या ६० पुग्यो

काठमाडौं, बैशाख २१। नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ

उनको शुक्रबार स्वा’ब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति May 3, 2020
Loading...