ह्रृदयदेखि यत्ति कामना छ कि रवि लामिछाने निर्दोष सावित हुन् : रवीन्द्र मिश्र

भाद्र १, काठमाण्डु । साझा विवेकशिल पार्टीका संयोजक रवीन्द्र मिश्रले पत्रकार रवि लामिछाने निर्दो*ष सावित हुन भन्ने कामना गरेका छन् । मिश्रले सामाजिक सञ्जालमा आफ्नो धरणा राख्दै दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेमाथि लागेको आ*रोप गलत भएको सुन्न चाहेको बताएका छन् ।

उनले देशमा ५० हजारभन्दा बढी न्यून आयका विद्यार्थीलाई एक सय रुपैयाँमा पढाएर एसइईमा राम्रो नतिजा ल्याउन सफल समता स्कूलका संस्थापक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल र दिन*दुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेले एकै प्रकृतिका आरोप खेपिरहेको भन्दै जनताको पक्षमा काम गर्ने दुवै निर्दो*ष हुन भन्न चाहाना राखेको बताएका छन् ।

उनीहरू सबैले आफू निर्दो*ष भएको र दोषी भए कानून बमोजिम कारवाहीका लागि तयार भएको बताएको र छानविनमा सघाइरेहको भन्दै मिश्रले उनीहरूका नाम किटान गर्दै वितेर गएका दुबैको आत्माले चीर शान्ति पाओस् र परिवारले धैर्य धारण गर्ने शक्ति मिलोस भनेका छन् ।
तात्कालिक कारण जेसुकै भए पनि चरम ‘डिप्रेशन’ पनि आत्महत्याको एउटा प्रमुख कारण हो। तसर्थ डिप्रेसनलाई अरूजस्तै एउटा विमारीका रूपमा लिन, त्यसका बारे चर्चा गर्न र डाक्टरको सल्लाहमा ‌औषधी उपचार गर्न प्रेरित गरौँ पनि भनेका छन ।

दशकौ देखिको पत्रकारिता छाडेर राजनीतिमा लागेका साझा विवेकशिल पार्टीका संयोजक रवीन्द्र मिश्र बिबिसी नेपाली सेवा नेपालका पूर्व प्रमुख पनि हुन ।

प्रकाशित मिति August 17, 2019
Loading...