लकडाउनको मौका छोपी तिनपाटनको तिल्पुङ चौकी बजारमा कालोबजारी

सिन्धुली, बैशाख २२ । लकडाउनको मौका छोपी सिन्धुलीको तिनपाटन गाउँपालिकाको बिभिन्न बजारहरुमा दैनिक उपभोग्य सामाग्रीहरुमा मनोमानी ढङगले मुल्य वृद्धि गरेको गुनासो आउन थालेको छ ।

तिनपाटन गाउँपालिका वडा नम्बर ८ बाहुन तिल्पुङ चौकी बजारमा दैनिक रुपमा आबश्यक पर्ने उपभोग्य सामाग्रीहरुको मुल्य बृदीभएको भन्दै व्यापारीहरुले तोकीएको मुल्य भन्दा बढीमा उपभोग्य सामाग्री बिक्री बितरण गरेको स्थानीय युबराज पहाडीको आरोप रहेको छ ।


वडा नम्बर ७ को टिकाराम मग्रातीले लकडाउन भन्दा अगाडी सोना मंसुली चामललाई बोराको १२ सय ५० तिरेर लानु हुन्थ्यो, तर अ‍ैले त्येहि चामल लाई १४ सय ५० तिरेर लानुभएको सुनाउनु हुन्छ । उहा भन्नुहुन्छ लक डाउन भएपनि खाद्यान्नको गाडी चल्न दिई रहेकै छ कसरी भाउ बढ्यो ? लकडाउनलाई देखाएर स्थानीय उपभोक्ताहरुलाई ब्यापारीहरुले खुलम खुल्ला ठगी गरीरहदा पनि जनप्रतिनिधिहरु हेरेर बसिरहेको आरोप लगाउनु भयो ।

चौकी बजारका ब्यारीहरुले खाद्यान्नमा मात्र नभई अन्य सामाग्रिहरुमा पनि तोकीयको भन्दा बढी मुल्य बृदीगरीरहेको अर्का स्थानीय तथा बैककोटेश्वर उच्च माध्यामीक विद्यालयका शिक्षक राम प्रसाद अधिकारी बताउनु भयो । मनोमानी ढङगले ब्यारीहरुले मुल्य बृदी गरेको भनेर जनप्रतिनीधिहरुलाई जानकारी गराउदा पनि बजार अनुगमन नगरेको उहा बताउनु हुन्छ ।

यता तिनपाटन गाउँपालिका उपाध्यक्ष पदम माया तामाङले बजारमा आएको समस्याको बारेमा उद्योग बाणिज्य संघ शाखा कार्यालय तिनपाटनलाई जानकारी गराएको र अब आफै बजार अनुगमनामा आज र भोलीमै जाने बताउनु भयो ।

प्रकाशित मिति May 4, 2020
Loading...